राष्ट्रिय कृषक समुह महासंघको बार्षिक परिषद सम्पन्न

राष्ट्रिय कृषक महासंघ नेपाल पर्वतको प्रथम बार्षिक परिषद सम्पन्न भएको छ ।
जिल्लाभरका ५२ वटा कृषक समुह आवद्ध महासंघका विगत एक वर्ष अघि स्थापना भएको हो । सो अवसरमा कृषक समुहहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले कृषकहरु व्यावसायीक बन्नुपर्नेमा जोड दिनुभएको छ । अबको स्थितिमा निर्वाहमुखि खेतीले प्रगति हासिल गर्न नसकिने बताउँदै जुनसुकै पेशामा पनि व्यावसायीकता आवश्यकता पर्ने बताए । उहाँल्े आफ्नै पाखोबारीमा थोरै लगानी गरी आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादकत्व बढाउन सकिने बताउँदै विदेशमुखि सोच नराखि गाउँमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बार्षिक रुपमा करोडौको बजेट कृषकका निम्ति खर्चिने गरेपनि पर्वतमा एउटापनि व्यावसायिक कृषक बन्न नसकेको गुनासो गर्नुभयो । उहाँले खेतीयोग्य जमिन मासेर घर घडेरी बनाउने प्रचलन बढ्दै गएको बताउँदै कृषकहरु कृषि पेशामा निरन्तर नलागेका कारण परनिर्भरता बढ्दै गएको बताउनुभयो । उहाँले व्यावसायीक कृषकहरुलाई कार्यालयले प्रोत्साहन गर्दै आएको बताउँदै जिल्लाको समग्र कृषि क्षेत्रको विकासका लागि स्थानिय कृषकहरुनै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय पर्वतका पशु चिकित्सक विमल पौडेल, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले बोलेका थिए ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष ढाकाराम गौतमले राज्यवाट प्रवाह भएका सेवा सुविधा तल्लो तहसम्मका कृषकहरु सम्म पु¥याउन महासंघ क्रियाशिल रहेको बताउनुभयो । उहाँले पर्वत जिल्लामा गाउँ गाउँमा रहेका कृषकहरुको पहिचान गरी उनिहरुालई व्यावसायउन्मुख गराउनका लागि आवश्यक पुँजी र प्रविधिको व्यवस्था गर्न पहल भैरहेको बताउनुभयो । राज्यको उपल्लो निकायदेखि जिल्ला स्तरका कार्यालय तथा सेवा केन्द्रहरुसम्म कृषकको पहुँच पुग्न सकेमा राज्यवाट कृषि क्षेत्रमा गरिएका कामहरु सफल हुने र कृषिमा आत्मनिर्भर बन्न सकिने उहाँको भनाई थियो ।
सो अवसरमा जिल्लाका विभिन्न गाविसबाट आएका कृषकहरुले मल, बिऊ, सहुलियतपुर्ण ऋण, रोग किराको प्रकोप, बजारको व्यवस्था लगायतका समस्याहरु राखेका थिए । उनिहरुले राज्यले सस्तो व्याजदरमा ऋण उपलव्ध गराएमा आफुहरुले व्यावसायको आकार परिवर्तन गर्न सकिने बताएका थिए । कार्यक्रममा कटुवाचौपारी, पिपलटारी, शालिजा, आर्थर, देउपुर, चुवा, बाजुङ, तिलाहार लगायत दुई दर्जन गाविसका कृषकहरुको सहभागिता थियो ।
कार्यक्रममा स्वागत लालबहादुर हरिजन र संचालन सचिब मिनराज केसी अविरलले गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि