मोटर साईकल दुर्घटनामा एक घाइते
पर्वत , पर्वतको सदरमुकाम कुस्माबजारको दुर्लुङचोक नजिकै पोखरा – वाग्लुङ सडक खण्डमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन ।
मुस्ताङवाट पोखरा जादै गरेको वा५६प ४०५९ को मोटर साईकल र भित्रि सडकवाट हाईवे तर्फ आउदै गरेको ग६प ५५१४ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा कुस्मा नगरपालिका – ८ का ५२ बर्षिय श्रीप्रसाद श्रेष्ठ घाईते भएका छन । घाइते श्रेष्ठलार्ई उपचारको लागि जिल्ला अस्पताल पर्वतमा लगिएकोमा वाँया खुट्टा भाँचिएको हुदा थप उपचारको लागी पोखरा मणिपाल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । अर्का सवारी चालक रुपन्देही सैनामैना – ४ वस्ने २० बर्षिय सुजन थापाको अवस्था सामान्य रहेको छ । दुवै मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।