महाअभियोगविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारीमा लोकमान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।Lokman Singh Karki

कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानविन हुन लागेपछि एमाले र माओवादी नेताहरुले बदनियत राखेर प्रस्ताव ल्याएको दाबी गर्दै मुद्दा दर्ता गर्न लागिएको हो ।

महाभियोग प्रस्तावमा सांसदलाई झुक्याएर सहीछाप गराई संख्या पुर्‍याएको दाबी कार्कीका तर्फबाट गर्ने तयारी भएको स्रोतले बताएको  छ ।

कार्कीका एक कानुन व्यवसायीले सोमबार सर्वोच्चमा दुई निवेदन दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।

अदालतमा आफूविरुद्ध परेको योग्यतासम्बन्धी मुद्दा र संसदमा दर्ता महभियोग प्रस्तावविरुद्ध रणनीति बनाउन कार्की कानुनी सल्लाहकारसँग छलफलमा जुटेका छन् । करिब एक दर्जन कानुन व्यवसायीसँग आइतबार कार्कीले आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढ्ने र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा राय मागेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’