अंगीकृतलाई उच्च पद दिने सरकारको प्रस्ताव एमालेले रोक्छः महासचिव पोखरेल

ishwor-pokhrel-650x472खोटाङ, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अंगीकृत नागरिकलाई उच्च पद दिन नसकिने बताएका छन् ।

खोटाङ सदरमुकाम दिक्तेलमा सोमबार बिहान प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सरकारले संविधान संशोधनमा त्यस्तो विषय समावेश गर्न नसक्ने ठोकुवा गरे । ‘यो हावादारी कुरा हो,’ उनले भने, ‘तर, त्यस्तो प्रस्ताव आयो भने एमालेले विरोध गर्दछ, पास हुन दिंदैन् ।’

उनले संविधान संशोधनका विषयमा सरकारले अहिलेसम्म ठोस छलफल नगरेको बताउँदै नाजायज माग पूरा गर्न नसकिने बताए । पोखरेलले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको पक्षमा कांग्रेस पनि उभिने विश्वास व्यक्त गरे । ‘थोरै पनि विवेक छ भने कांग्रेस पक्षमा उभिनुपर्दछ,’ उनले भने । उनले लोकमानको नियुक्ति हुने प्रंसग चलेकै दिनदेखि आफू विपक्षमा उभिएको बताए । उनले एमालेले मात्रै लोकमानलाई ल्याउनु हुँदैन भन्ने संस्थागत निर्णय गरेको उल्लेख गरे ।

पोखरेलले भारतीय राष्ट्रपतिलाई दिने सम्मानप्रति एमालेको कुनै टिप्पणी नभए पनि सरकारले कुटनीतिक मर्यादाविपरीत चाप्लुसीको पराकाष्ठा नाघेको आरोप लगाए । पोखरेलले संविधान कार्यान्वयन गर्न अबरोध खडा गरेर पुनः राजनीतिक रंग भएको बाहुबली ल्याउने षड्यन्त्र सुरु भएको बताए ।

संविधान कार्यान्वयनका लागि चार महिने अभियानका क्रममा महासचिव पोखरेलसहित सचिव भीम आचार्य, वैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राई, युवा संघका उपाध्यक्ष रमेशकुमार पौडेल, प्रवक्ता प्रभातविक्रम कटुवाल खोटाङ आएका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई