बाबुराम भट्टराई हङकङ अध्यागमनको नियन्त्रणमा

काbaburam-650x399ठमाडौं, १३ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङ अध्यागमनले शनिबार एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

चीनको ग्वान्झाओमा सिल्करोड सम्बन्धी सेमिनारमा मन्तव्य दिएर शनिबार नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न हङकङ छिर्ने क्रममा पत्नी हिसिला यमी र सल्लाहकार विश्वद्वीप पाण्डेसहित भट्टराई हङकङ अध्यागमनको नियन्त्रणमा परेका हुन् ।

ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै हङकङ आउन लाग्दा अध्यागमनमा भट्टराईले आफ्नो परिचय नखुलाई पासपोर्ट मात्र देखाउँदा उनलाई केही छिनका लागि नियन्त्रणमा लिइएको खुल्न आएको छ ।

नेपालीहरू अनाधिकृत रुपमा प्रवेश गरेर शरणार्थी दावी गर्दै बस्ने गरेको भन्दै हङकङले हरियो पासपोर्ट बोक्ने नेपालीलाई भिसा दिन समेत कडाई गर्दै आएको छ । भिसा पाएकालाई नियन्त्रणमा लिएर दुःख दिँदै आएको छ ।

हङकङ पुगेलगत्तै नेपाली महावाणिज्य दूताबासको कार्यक्रममा भट्टराईले हरियो पासपोर्ट देखेर आफूलाई अपमान गरिएको बताए । ‘नेपाली हरियो पासपोर्ट अपहेलित भएको पहिले सुन्दै आएको थिए । अहिले म आफैँले अनुभूती गरेँ,’ उनले भने– ‘आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यवहार गरियो ।’ झण्डै एक घण्टा नियन्त्रणमा राखेपछि गल्ती भयो भन्दै माफी मागेर आफूहरूलाई छोडिएको भट्टराईले बताए ।

आफूलाई सरकारले कुटनीतिक पासपोर्ट उपलब्ध गराएको भए पनि त्यो प्रयोग नगरेर हरियो पासपोर्ट मै हिँड्ने गरेको पूर्व प्रधानमन्त्री भट्टराईले बताए ।

उनले यो विषयलाई गम्भिर ढंगले उठाउन महावाणिज्यदूतलाई आग्रह गर्दै आफूले पनि यसलाई गम्भिर ढंगले उठाउने बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

१७ दिनमै देखिइसक्यो देउवाको १७ महिनाको सङ्केत

भारतमा एकै दिन थपिए ४० हजार ७८४ जना कोरोना संक्रमित

फलेबास नगरपालिकाको केन्द्र बिबादमा सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज , नगरपालिकाले झकलक चौरमा संरचना निर्माण गर्न बाटो खुल्यो

स्थानीय तहको अधिवेशन असोज ९ भित्र सक्न एमालेको निर्देशन

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्, ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’