मुटुका रोगीलाई गाउँघरमै परिक्षण सुबिधा, निशुल्क शिबीरमा एकै दिनमा छ सयको परिक्षण

14872514_925674227565811_1101106795_n
पर्वत/दुर्गम बस्तीमा पुगेर मुटुरोगको परिक्षण गर्ने अभियानका क्रममा पर्वतमा शनिबार निशुल्क मुटुरोग परिक्षण गरिएको छ।
धौलागिरी अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटु सम्बन्धी समस्या परिक्षण गर्ने र उनीहरुको निशुल्क उपचार गर्ने उद्देश्य सहित दुई दिने शिबीर सञ्चालन गरिएको हो ।
पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउँ अभियान लगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिबीरमा पहिलो दिनमा ६ सय भन्दा बढीको परिक्षण गरिएको छ। बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परिक्षण गरिरहेको छ । शिबीरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईले जानकारी दिए । पहिलो दिन परिक्षण गरिएका बिरामीहरुमा २ जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने १० जना भन्दा बढी भल्ब बिग्रेका बिरामी भेटिएका छन । यसैगरी मुटुके नली ब्लक भएका ५ जना जति बिरामी छन । उनीहरुलाई थप परिक्षण गर्नुपर्ने भएकाले काठमाण्डौ बोलाइएको डा. भट्टराईले बताए । mutu-shibir
मुटुरोगीको उपचार भन्दा पनि परिक्षणका लागि शिबीर आयोजना गरिएकाले धेरै भन्दा धेरै सर्वसाधरणको मुटु परिक्षण गरिने बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भट्टराईले बताए । मुटु बचाउँ अभियानले मुटुरोगका बारेमा जनचेतना जगाउने, बिभिन्न २० स्थानमा शिबीरहरुबाट परिक्षण गर्ने तथा गम्भीर खालका बिरामीलाई बिदेशमा पठाएर समेत उपचार गराउँदै आएको उनले जानकारी दिए ।
दुई दिन सम्म चल्ने शिबीरमा दुई दिन सम्म परिक्षण र उपचार गरिने लायन्स क्लब अफ शिबालयका अध्यक्ष बिषमकुमार श्रेष्ठले जानकारी दिए । शिबीर आयोजना गर्न एन.आर.एनका संयोजक कुल आचार्यले ७० हजार, लायन्सका कुश्मा स्थित डिष्ट्रिक पदाधिकारीहरुले ४० हजार र लायन्स डिष्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले २५ हजार सहयोग गरेका छन् ।
यसअघि शिबीरको उद्घाटन पर्वतका साँसदहरु अर्जुनप्रसाद जोशी, बिकास लम्साल र कल्पना चापागाइले संयुक्त रुपमा गरे । कार्यक्रममा बोल्दै साँसद अर्जुनप्रसाद जोशीले मानव जिवनमा मुटु सबैभन्दा महत्वपूर्ण अंग भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । पर्वत जिल्लामा मुटु रोगका कारण धेरै मानिसको मुत्यु भएको भन्दै जिल्लामा स्वास्थ्य समस्या बढ्दै गएको भन्दै यसको निराकरणका लागि सबैले चासो दिन आग्रह उनले आग्रह गरे । sibir-2
कार्यक्रममा अर्का साँसद विकास लम्सालले शिविरवाट जनताहरु प्रत्यक्ष लाभान्वित हुने बताए । डा. भट्टराईको नेतृत्वमा पर्वतका धेरै मुटुरोगीले उपचारको सुबिधा पाएको भन्दै सभासद लम्सालले उनको कामको प्रशंसा गरे । अर्की साँसद कल्पना चापागाईले नेपाल जस्तो विकासन्मुलन देशमा मुटु रोगका कारण हजारौ मानिसले अकालमै ज्यान गुमाएको भन्दै त्यसलाई रोक्न यस्ता अभियानहरु प्रभाबकारी हुने बताइन ।
सोही कार्यक्रममा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराईलाई तीनै जना सभासदले सम्मान गरेका थिए । लायन्स क्लबहरुले डा. भट्टराइको योगदानको कदर गर्दै सम्मान गरेका हुन । डा. भट्टराई पर्वतको तिलहारका बासिन्दा हुन । 14875412_925673974232503_84001510_n
लायन्स क्लव अफ शिवालयका अध्यक्ष विषमकुमार श्रेष्ठ, लायन्स क्लबअफ कुस्मा सिटीकी अध्यक्ष चित्रकला भारती, लायन्सक्लब अफ मोदीकालीको अध्यक्ष गोबिन्द आचार्य, ब्रिज सिटीका अध्यक्ष शिब अधिकारी, पर्वत चौतारीका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुपं्रसाद मरासिनी, बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराई, जिल्ला अस्पताल कुश्माका डाक्टर सरोजचन्द्र दाहाल, लायन्स क्लबका डिस्ट्रिक अडभाईजर काशीकुमार जोशी, कएन.आर.एनका सदस्य शिव सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा शिबीरबा बारेमा शिबालयका अध्यक्ष बिषमुकुमार श्रेष्ठले गरेका थिए भने स्वागत कुस्मा सिटीकी अध्यक्ष चित्रकला शर्मा र धन्यबाद मोदीकालीका अध्यक्ष गोबिन्द सुबेदीले गरेका थिए । कार्यक्रमको लायन्स क्लब अफ शिबालयका हिमवहादुर क्षेत्रीले गरेका थिए ।14885841_925673844232516_855218482_n

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो