सामुदायिक स्कुलमा अंग्रेजीमा पढाउन देउसीभैलो

14885919_1436963476341942_855496503_nपर्वत/पर्वतको आर्थर डाडाँखर्क स्थित शुभकल्याण निम्न माध्यामिक बिद्यालयले अंग्रेजी माध्यमममा पठनपाठन शुरु गर्न देउसी भैलो शुरु गरेको छ।
बिद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो शुरु गरिएको हो ।
बिद्यालयमा आगामी शैक्षिकसत्र देखि अंग्रेजी माध्यममा पढाउने उद्देश्य राखिएको र त्यसका लागि थप शिक्षक राख्न देउसीबाट रकम संकलन गरिएको प्रधानाध्यापक सुरेन्द्र गौतमले बताए । बिहीबारबाट शुरु गरिएको देउसीभैलो कार्यक्रममा अहिले सम्म १ लाख भन्दा बढी रकम संकलन भैसकेको छ । देउसीबाट ३ लाख रुपैया उठाउने लक्ष्य राखिएको प्रअ गौतमले बताए । school-ma-deusi-3
देउसीमा शिक्षक , बिद्यार्थी र अभिभावक सहभागी छन । अंग्रेजी माध्यमको खोजी गर्दै अभिभावक शहर झर्ने क्रम बढेपछि बिद्यालयमा पनि त्यसको आवश्यकता खड्किएको उनले बताए । आर्थरकै पञ्चकोशी माबिमा पनि अंग्रेजी पढाउनका लागि भूतपुर्ब बिद्यार्थीले फेसबुक म्यासेन्जरबाट आर्थिक संकलन गरिरहेका छन । अहिले सम्म उक्त अभियानबाट ३० लाख जति संकलन भैसकेको छ ।
school-ma-deusi

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना