सार्वजनिक विदाको विरोधमा उत्रियो एमाले , आफ्नो निर्णयको दोष अरुलाई नलगाउन चेतावनी

prachanda-bhim-rawal-650x439काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा सरकारले दिएको सार्वजनिक बिदाको विरोध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक विदा दिने निर्णय प्रमुख दलहरुको सहमति र राष्ट्रपतिको आग्रहमा गरिएको बताइरहेका बेला शनिबार एमाले उपाध्यक्ष भीम रावलले बिदा दिने निर्णयमा एमालेसँग कुनै छलफल नभएको स्पष्ट पारे । यसबाट प्रधानमन्त्री प्रचण्डले आलोचना खेप्न नसकेर दलहरुको सहमतिमा विदा दिने निर्णय लिएको भनेर ढाँटेको प्रष्ट भएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा विदा दिने निर्णय गरेको भनी दोषारोपण गरेपछि यसअघि शुक्रबार साँझ राष्ट्रपति कार्यालयले उक्त आरोपको खण्डन गरिसकेको छ ।

सार्वजनिक विदाको विरोधमा उत्रिएको एमालेले कुटनीतिक मर्यादाभित्र रहेर अतिथि स्वागत गर्न पनि सरकारलाई सचेत गराएको छ । सरकारले दाबी गरेजस्तो बिदा दिने निर्णयमा पार्टीसँग कुनै छलफल नभएको जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले भने– ‘हामीसँग यस विषयमा सरकारले छलफल गरेको छैन । देशैभर बिदा दिने निर्णयको विपक्षमा छौं ।’ उनले आफूले लिएको निर्णयको दोष अरुलाई नलगाउन प्रधानमन्त्रीलाई चेतावनी दिए ।

ट्राफिकका कारण बिदा दिने तर्कमा सत्यता नरहेको भन्दै रावलले काठमाडौंभित्र हुने भ्रमणमा किन देशैभर बिदा दिने भनी प्रश्न गरे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी