पुरुषका लागि बनेको अस्थाई बन्ध्याकरण सुईले काम गर्न थाल्यो
एजेन्सी । परिवार नियाेजनकाे क्षेत्रमा वैज्ञानिकहरुले नयाँ सफलता हात पारेका छन् । पुरुषहरुका लागि आविष्कार गरिएको अस्थाई बन्धयाकरणका खोपले ९६ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानहरुबाट प्रमाणित भएको छ ।
अविष्कारपछि परिक्षणका क्रममा रहेको उक्त खोपले ९६ प्रतिशत प्रभावकारिता देखाएको हो । उक्त खोप हाल २७० पुरुषहरुमा परिक्षण गरिएको थियो, जसमध्ये चार जनाको यौन साथीमा मात्र गर्भ बसेको थियो ।
यद्यपी यसबाट शरीर दुख्ने र मुडमा परिवर्तन हुने असरहरु देखा परेका छन् । अनुशन्धानकर्ताहरु विगत २० वर्षदेखी पुरुषहरुका लागि उपयुक्त बन्धयाकरणको खोजीमा थिए ।
हाल महिलाहरुका लागि मात्र अस्थाई बन्ध्याकरणको खोप उपलब्ध छ । नेपालमा महिलाहरु अस्थाई बन्ध्याकरणका निम्ती तीन महिने संगीनी सुई प्रयोग गर्ने गर्दछन् ।