दौरासुरुवाल लगाउने बढे, सिलाउने बढेनन्

काठमाडौं – सरकारले दौरा सुरुवालको ‘राष्ट्रिय पोसाक’कोहैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ ।

खासगरी पुष्पकमल दाहाल प्रचण्ड र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप त्यसका पक्षमा जनमत बढेको अडकलबाजी पनि भएको छ ।

धनकुटा नगरपालिका ५ तल्लो कोप्चेका जयन्द्र प्रधानलाई दौरा सुरुवालप्रति औधी मोह छ । भोज होस् या सभासमारोह धार्मिक कार्य र पारिवारिक भेटघाट सबैमा सकेसम्म दौरा सुरुवाल र ढाका टोपीमा सजिन्छन् उनी ।

उनले पोहर साल दौरा सुरुवाल कपडा किनेर स्थानीय टेलरमा सिलाउन दिए । करिब चार महिनापछि मात्रै उनले दौरा सुरुवाल पाए ।

लगाउनेको संख्यामा बढोत्तरी भएपनि सिलाउने व्यक्तिको अभाव वा कमी हुदा सिलाउन दिएको लामो समय कुर्न पर्ने वाध्यता रहेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी