हाकिमलाई अपशब्द प्रयोग गर्दा…

सेवाग्रही समेत हाकिमलाई अपशब्द प्रयोग गरेका नापी कार्यालय बारा, कलैयाका सर्वेक्षक १० हजार घरौटीमा रिहा भएका छन् ।

नापी कार्यालय कलैयाका सर्वेक्षक राधेश्याम साह सेवाग्रहीसँग नाक्शा पासमा घुस मागेपछि सेवाग्रहीले त्यसको बिरोधगर्दा सेवाग्रही र सिडिओ, एसपी सबैले घुस खान्छ कसैले केही गर्दैन् भनेको भिडियो सार्वजनिक भएपछि सर्वेक्षक साहलाई आवश्यक कार्यवाहीका लागि प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद ढुङ्गानाले घरौटी राखेर छोडेका हुन्। यो खबर आजको गोरखापत्रमा छापिएको छ।

दक्षिण झिटकैया गाविसका रामकिशोर साहसँग नाक्शाको बारेमा बादबिबाद हुँदा सोधपुछका लागि प्रशासनमा प्रहरीले सर्वेक्षक साहलाई लगेको नापी प्रमुख रामबिनय सिंहले बताउनुभयो । उता आफूभन्दा माथिको हाकिमलाई अपशब्द प्रयोग गरेकाले अनुसन्धानका लागि सधारण तारेखमा छोडिएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी