श्रीमतीलाई बिक्रीमा राखे श्रीमानले, किन्नेको मारामार
श्रीमतीले आफूप्रति एकरत्ति सहानुभूति नराखेको आरोप लगाउँदै एकजना ब्रिटिश नागरिकले आफ्नी श्रीमतीलाई सामान खरिदबिक्री सम्बन्धी वेबसाइट इबेमा बिक्रीमा राखेका छन् ।
पुराना कारको बिक्रीका लागि गरिने विज्ञापनजस्तै श्रीमती बिक्रीको विज्ञापन हालेका साइमन ओ केनकी श्रीमतीले उनको ज्यान लिने बताइन् ।
यो विज्ञापन हेरेका मान्छेले श्रीमतीका लागि ९३ लाख रुपैयाँसम्मको बोली लगाए ।
अघिल्लो हप्ताको बुधवार बेलुका साइमन घर फर्किदाँ बिसञ्चो महसुस गरिरहेका थिए । उनकी श्रीमती लियान्द्राले उनलाई खासै मतलब गरिनन् । यस्तो व्यवहार देखेर रिसले चूर भएका साइमनले इबेमा श्रीमतीलाई बिक्रीमा राखेका थिए ।
टेलिकम इन्जिनियर साइमनले आफ्नी श्रीमतीको तस्वीर इबेमा राखी तलपट्टि ‘प्रयोग गरिसकिएकी श्रीमती’ भन्ने क्याप्सन राखेका थिए । त्यसपछि उनले श्रीमतीका गुणदोषको वर्णन गरेका थिए ।
‘श्रीमती बिक्रीमा । नयाँ त होइन तर काम लाग्ने नै छ । मलाई वाक्क लागिसकेकाले बिक्रीमा राखेको हुँ । जिउडाल राम्रो छ अनि भान्साको काम गर्न सक्छे,’ उनले पोस्टमा लेखे ।
केही मान्छेले अश्लील सन्देश पठाएपनि धेरैजसोको प्रतिक्रिया रमाइलो रहेको साइमनले बताए ।
अहिले उनले उक्त पोस्ट हटाइसकेका छन् ।
पिटिआइ