पर्वतमा स्थानिय तह निर्धारणमा ढिलाई, निर्णय भैसक्ने बेला राय बुझ्न गाउँ जाने निर्णय

parbat-map

पर्वत/स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले जिल्लाबाट स्थानीय तहको संख्या सिफारिस गर्ने अन्तिम मिति नजिकीदै जाँदा पर्वतमा भने स्थानियबासीको राय बुझ्न गाउँ जाने निर्णय गरिएको छ।
आयोगले कार्तिक २० भित्र निर्णय पठाउने अन्तिम समय दिएपनि पर्वत जिल्लामा भने गाउँ तहमा पुगेर जनताको राय बुझ्ने निर्णय भएको हो । तिहारको बिदा शुरु भैसकेका कारण कार्तिक १८ पछि जनताको राय बुझ्न गाउँ जाने तयारी थालिने भएको छ।
जिल्ला बिकास समितिमा बिहीबार बसेको सर्बदलीय बैठकले स्थानिय तहको संख्या निर्धारण गर्नुपुर्ब पर्वतका आठ स्थानमा जनताको राय बुभ्ने निर्णय गरेको छ । सदरुमकाम कुस्मा, मिलनचोक, डिमुवा, कार्किनेटा, लुंखु, फलेबास, वहाकी र हुवासमा स्थानियबासीले आफुँ कहाँ बस्न चाहन्छन भन्ने धारणा बुझ्ने निर्णय भएको स्थानिय बिकास अधिकारी युबराज पौडेलले जानकारी दिए । ‘निर्णय गर्नुपुर्ब जनताको राय बुझ्ने निर्णय भएको छ’ उनले भने ‘जनताले दिएको रायका आधारमा स्थानिय तहको निर्णय गर्छौ’
आयोगले स्थानिय तहमा पुगेर सुझाब संकलन गर्ने क्रममा राजनैतिक दलहरुले आफ्नो दलगत तयारी गर्ने निर्णय गरेका छन । दलहरुले आफ्नो अवधारणा बुझाउने र सुझाब समेतलाई ख्याल गरेर निर्णय गर्ने तयारी भैरकेको छ।
स्थानिय तह पुर्नसंरचना आयोगले पर्वतका लागि न्युनतम ४ र अधिकतम ७ वटा स्थानिय निकाय सिफारिस गर्न संख्या तोकेको हो । पर्वत जिल्लामा यस अघि समिति ६ वटा र राजनैतिक दलले ७ वटा स्थानिय निकाय सिफारिस गरेका थिए । मुलुकभर भने न्यूनतम सीमा ५ सय ७ र अधिकतम सीमा ७ सय ४४ संख्या तोकेको छ । आयोगले जिल्ला प्राविधिक समितिहरुलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउन भनेको छ । सबै जिल्लाबाट तोकिएको समयमा प्रतिवेदन आए मंसिर पहिलो साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य रहेको आयोग स्रोतले बताएको छ । kusma
यस अघि पर्वतमा स्थानिय निकायको संख्या ६ वटा बनाउने स्थानिय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिले सिफारिस गरेको थियो भने दलहरुले थप एक गरि ७ स्थानिय निकाय सिफारिस गरेका थिए । सिफारिस गरिएका ७ वटा गाउँ पालिकाको भूगोल भने नमिलेको भन्दै चौतर्फी बिरोध भएको थियो । समितिले नयाँ भूगोल र संरचना सहित ७ वटा स्थानिय निकाय सिफारिस गर्ने भएकाले यतिबेला निर्णय गर्न निक्कै कठिन हुने देखिएको छ। उत्तर तर्फ मिलनचोक र डिमुवा केन्द्र रहने गरी गाउँपालिका बनाउने कुरामा कुनै समस्या नदेखिएपनि दक्षिण तर्फ कार्किनेटा, लुंखु, हुवास, वहाकी, फलेबासमा केन्द्र राख्नेगरी गाउँपालिका सिफारिस गर्न आ आफ्नो ठाउँबाट लबिङ्ग चलिरहेको छ। कुस्मा नगरपालिकामा थप गाबिसहरु थप्ने कुरामा समेत स्थानिय तहमा सहमति छैन । यस अघि आर्थरडाडाँखर्क, ठुलीपोखरी र खौलालाँकुरी गाबिसलाई नगरपालिकामा गाभ्ने निर्णयको स्थानिय तहमा तिब्र बिरोध भैरहेको छ । उनीहरु आर्थर देखि भंगरा, फलामखानी सम्मको भूगोल जोडर गाउँपालिका बनाउने पक्षमा छन । कार्किनेटा, लुंखु, वहाकी, फलेबास, हुवास मध्ये कुनै एक स्थान केन्द्र बन्न नसक्ने भएकाले पनि बिबादको ब्यबस्थापन गर्न कठिन छ । स्थानिय रायका आधारमा निर्णय गर्न जनताले सुझाब दिएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी