ब्याबहारिक शिक्षा आजको आवश्यकता

14872613_925127127620521_1471768576_n

व्यवहारिक शिक्षा आजको आवश्यकता भएको एक कार्यत्रमका वक्ताहरुले जोड दिएका छन् । ‘असफल स्कुल परिचर्चा तथा सिकाई दायित्व विषयक अन्र्तक्रिया कार्यत्रममा सहभागीहरुले नेपालमा शिक्षालाई मौलिक हकभित्र राखेपनि व्यवहारिक र जीवन उपयोगी नभएको उनीहरुको भनाई छ । नागरिकहरुलाई शिक्षा प्रति आकर्षित गदै सजिलै जीवन जिउन सक्ने सिपयुक्त शिक्षा आजको आवश्यकता भएकोमा उनीहरुले जोड दिएका थिए । युग अनुसारको समय सापेक्ष र व्यवहारिक शिक्षा नहुँदा देशमा दक्ष जनशक्तिको अभाव रहेकोले अभावको पूर्तिको लागि गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने उनीहरुको भनाई थियो । युग सुहाउँदो शिक्षा निति बनाई प्रभावकारी कार्यान्वय गर्न सम्वन्धित सरोकारवाला पक्षहरुले विशेष ध्यान दिनुपर्ने सहभागिहरुको भनाई छ ।कार्यत्रममा बोल्दै प्रमुख अतिथी तथा सिकाई समूहका अध्यक्ष धनञ्जय शर्मा अधिकारीले बेरोजगारी हटाउँदै स्वदेशमै आत्मनिर्भरताको खोजिगर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउनु भयो । उहाँले समग्र क्षेत्रको विकासका लागि शिक्षाको भुमिका पहिलो स्थानमा हुने भएकाले क्षिक्षा पनि व्यवहारीक र गुणस्तरीय हुनुपर्नेमा जोड दिनु भयो । राजनितिक र राज्य व्यवस्थापनमा आएको परिर्वतन सँगै शिक्षामा पनि परिर्वर्तन ल्याउन सबै लाग्नु पर्नेमा बताउनु भयो ।कार्यत्रममा जिल्ला शिक्षा अधिकारी कुस्माराज उपाध्यायले देशमा बढिरहेको बेरोजगारी समस्या हटाउन प्राविधिक शिक्षा आवश्यक रहेको बताउनु भयो । बजेट र शिक्षामा गरिएको लगानी अनुसारको सामुदायिक विद्यालयमा सुधार आउन नसकेको उहाँको भनाई छ । ¥याण्डम रिर्डस सोसाईटी पर्वतका अध्यक्ष लेखनाथ उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिकाई अभियान्ता बामदेव योगी,नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, नारायण मा.विका पूर्व प्राचार्य पृथ्वी नारायण शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान वोर्डका संयोजक राजेन्द्र पहाडी लगायत विभिन्न विद्यालय तथा शिक्षाप्रेमी व्यत्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यत्रममा असफल विद्यालय नामक पुस्ताकालयका वारेमा समेत चर्चा गरिएको थियो । उक्त कार्यत्रमको सञ्चालन ¥याण्डम रिर्डस सोसाईटी पर्वतका सचिव शंकर गिरीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी