सामुदायिक क्याम्पसका समस्याबारे अन्तरक्रिया

 

सामुदायिक क्याम्पसका साझा समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार पर्वत सदरमुकाम कुश्माबजारमा सम्पन्न भएको छ ।

नेपाल पव्लिक क्याम्पस संघ पर्वतको आयोजना तथा जिल्ला विकास समिति पर्वत र कुश्मा नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नेपाल पव्लिक क्याम्पस संघका अध्यक्ष भोलानाथ ओझाले राज्यले सरकारी क्याम्पस सरह सामुदायिक क्याम्पसलाई पनि सेवा सुविधा दिनुपर्ने बताउनुभयो । कुल विद्यार्थीको ५३ प्रतिशत विद्यार्थी सामुदायिक क्याम्पसमा अध्ययनरत रहेको बताउँदै ओझाले राज्यले सेवा सुविधाबाट विमुख गराउन नहुने बताउनुभयो । उहाँल राजनीतिक प्रभावका कारण सामुदायिक क्याम्पसहरु माथि उठ्न नसकेको पनि दावी गर्नुभयो ।

कार्यक्रममा क्षेत्रीय संयोजक विरञ्जी गौतम पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल पव्लिक क्याम्पस संघ पर्वतका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वतमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामुदायिक क्याम्पसका प्रमुख तथा अध्यक्षहरु, शिक्षकप्रेमि, शिक्षक तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन संघका सचिब रामजी सुवेदीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना