धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती समुदायलाई हस्तान्तरण

giranchaurगिरान्चौर (सिन्धुपाल्चोक) । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएका ६५ घर वटा र एउटा सामुदायिक भवन समुदायलाई हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमका बीच बस्ती व्वस्थापन प्रमुख रामबहादुर लामालाई  घरको साँचो हस्तान्तरण गरिन् । कार्यक्रममा
धुर्मस र सुन्तलीले कलाकारको धर्म र कर्म चिनाएको भन्दै भण्डारीले उनीहरूको कामबाट राष्ट्रले सिक्नुपर्ने बताइन् । आफू धुर्मुस सुन्तलीलाई थप हौसला दिन आएको उनले बताइन् । “पहाडी भेगमा पूर्वाधार विकास लागि यो अनुकरणीय छ, उनले भनिन् ।
सांसद अग्नि सापकोटाले धुर्मुस सुन्तलीलाई महामानव भन्दै बस्ती सिकाइको विश्वविद्यालय भएको बताए ।
अर्का सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा धुर्मुस सुन्तली भगावन नै बनेर आएको बताए । “हामी सबैले उहाँहरुबाट सिक्नुपर्छ,” उनले भने ।
कलाकारद्वय महजोडीले धुर्मुस सुन्तलीको काम देखेर भक्कानिएको सुनाए । “कलाकारकै शीर उँचो भयो । हामी गर्व गर्छौं तपाईंहरुप्रति,” महले भने ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले सरकारले पनि यसबाट पाठ सिक्ने बताए ।
धुर्मुसले एकीकृत बस्ती देशकै सपना बन्नुपर्ने बताए । “काभ्रेमा देखेको सपना पूरा भयो । यहाँ पनि गरेर देखायौं । चार महिनामा ६५ घर बने । यो बस्ती समानताको पनि प्रतिबिम्ब हो । देश बनाउन जातियताको कुरा गर्नुपर्दैन,” उनले भने, “मनमा आँट थियो तरगोजीमा गाँठ थिएन । खै कसरी पैसा जुट्यो, थाहा छैन । बस्ती बनेको अठोटले हो, नोटले मात्रै होइन । हामीलाई सोध्छन्– अब के बनाउनुहुन्छ भनेर । हामी भन्छौं– अब देश बनाउँछौं । कलाको  पनि विजय भएको महसुस गरेका छौं आज ।’
मेचम्ची नगरपालिका ८ गिरानचौरमा ठडिएका घरमा सोलार जडान गरिएको छ  भने चिल्ड्रेन पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचा पनि बनाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ