दश करोडको लगानीमा धौलागिरीमै पहिलो रेडिमिक्स उद्योग सञ्चालन तयारी

uddog-4
पर्वत /पर्वतको पाङ्गमा १० करोड लगानीमा धौलागिरी अञ्चलमा नै पहिलो रेडिमिक्स कंक्रिट उद्योग सञ्चालनमा आउने भएको छ।
‘धौलागिरी रेडिमिक्स कंक्रिट, कन्ट्रक्सन एण्ड सप्लार्यस’ उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका हुन । उद्योगले ढिलोमा एक महिना भित्रै सेवा सुरु गर्ने तयारी गरेको छ।
धौलागिरी क्षेत्रमा निर्माण भैरहेका ठुला जलबिद्युत आयोजना, प्रसारण करिडोर, सडक आयोजनाहरु र ब्यक्तिगत घर तथा अन्य संरचनाका लागि आवश्यक पर्ने तयारी रेडिमिक्स कंक्रिट उपलब्ध गराउने उद्देश्य सहित उद्योग स्थापना गरिएको सञ्चालकहरुले जानकारी दिएका छन । उद्योगको सञ्चालकमा ब्याबसायीहरु प्रेम केसी, यामबहादुर मल्ल(रामकृष्ण) श्रीजय श्रेष्ठ र बिकास शर्मा रहेका छन । उद्योगले उद्योगले प्रति घण्टा ३० घनमिटर रेडिमिक्स कंक्रिट उत्पादन गर्ने क्षमता रहेको छ। uddog1
उद्योगका सञ्चालक यामबहादु मल्ल(रामकृष्ण)ले दिएको जानकारी अनुसार अत्याधुनिक जर्मनी प्रबिधीबाट सिमेन्ट, बालुवा, रोडा, मिलाएर तयार हुने तयारी कंक्रिट रेडिमिक्स तयार गर्न सकिन्छ । उक्त कंक्रिट कम्युटराइज हुने भएकाले उचित मात्रामा घुल्ने र मात्रा समेत सहि हुने भएकाले सिमेन्टबाट निर्माण हुने संरचनाहरु बलियो र भरपर्दो हुने दाबी मल्लको छ । ‘अहिले बजारमा बालुवा, सिमेन्ट र गिट्टी मिसाउँदा राम्रो संग घुल्न नसक्ने भएकाले संरचनाहरु आवश्यकता अनुसार बलियो र टिकाउ हुँदैनन’ उनले ‘उद्योगबाट उत्पादित रेडिमिक्स पुर्णरुपमा कम्प्युटराईज माध्यमबाट मिश्रण र घोल्ने काम हुने भएकाले यसको प्रयोगबाट उपभोक्ताले ठुलो फाइदा लिन सक्छन’ uddog
अहिले घर तथा अन्य संरचना बनाउनका लागि र ढलान गर्नका लागि मज्दुरको समेत अभाब हुने भएकाले छिटो ढलान गर्नका लागि उद्योगको उत्पादनमा नै भर पर्नुपर्ने अवस्था उपभोक्तमा रहेको सञ्चालक मल्लले बताए । एक घण्टामा तीन वटा घर ढलानका लागि रेडिमिक्स तयार गर्न सकिने उनले जानकारी दिए । उद्योगबाट तत्कालका लागि ३ वटा र केही समयपछि थप २ वटा ट्रान्सिज मिक्स्चर गाडी राखेर हरेक संरचना निर्माणस्थल र घरघरमै पुगेर सेवा दिने उद्देश्य राखेको उनले बताए । ‘हामीलाई अर्डर भएको केही समयमा नै घरघर र गल्लीगल्लीमा यो सुबिधा दिन सक्छौ’ उनले भने । उद्योग सञ्चालन संगै घर बनाउन श्रमिक, सामान ढुवानीी देखि अन्य झण्झट उपभोक्तालाई नपर्ने र सबै हिसाबले मज्दुर लगाउन भन्दा सस्तो मुल्यमा गुणस्तरीय भरपर्दो घर ढलानको सुबिधा दिने उनले जानकारी दिए । उद्योगमा ४० जनालाई रोजगारी दिने लक्ष्य राखिएको मल्लले बताए ।
14895664_924926217640612_531448112_o

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ