मालढुंगा–बेनी सडकमा युरोपियन मापदण्ड सहितको पेट्रोलपम्प

petrol-pump

पर्वत /पर्वतको मालढुंगादेखि हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र बेनी मालढुंगा सडकमा अत्याधुनिक प्रविधिको पेट्रोल पम्प संचालनमा आएको छ ।
मुस्ताङ्ग तथा मानसरोबर पुग्ने सडकमा बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै २ करोड भन्दा बढिको लागतमा अत्याधुनिक सुबिधा सहितको जय सिद्धेश्वरी टे«डलिंक प्रालि सञ्चालनमा आएको हो ।
पर्वतको नाङलीवाङ गाविस–९ स्थित फर्सेमा संचालनमा आएको उक्त पेट्रोल पम्प आधुनिक प्रविधिको रहेको छ । ‘युरोपियन मापदण्डका आधारमा निर्माण गरिएको उक्त पेट्रोल मुलुकका सुविधासम्पन्न शहरहरुमा भएका पम्पहरुमा हुने सबै सुबिधा उक्त पेट्रोल पम्पबाट दिईने संचालक विप्लब हमालले जानकारी दिए ।
अत्याधुनिक डिजीटल प्रबिधीबाट सञ्चालन गरिने आयल स्टोर्स ४० हजार लिटर डिजल र २५ हजार लिटर पेट्रोल गरी ६५ हजार लिटर क्षमताको रहेको छ । लामो दुरीका सवारी साधन पार्किङ्ग गर्ने, दुई तर्फबाट सवारी साधन जान आउन सक्ने र एकैपटकमा पाँच वटा सवारी साधनले इन्धन भर्न सक्ने बनाइएको छ । चारै तर्फ सिसी क्यामरा जडान, ग्रीन पार्क समेत निर्माण गरिएको छ ।
उक्त कम्पनीले छोटो समयमै आधुनिक होटल तथा रेष्टुरेन्ट तथा मार्ट समेत सञ्चालनमा ल्याउने तयारी गरेको संचालक विप्लब हमालले जानकारी दिए । इन्धन भर्नका लागि आवश्यक जनशक्ति समेत परिचालन गरिएको छ । 14876386_924351477698086_1245245799_o
पर्यटकीय शहर पोखराबाट झण्डै ७० किलोमिटर तथा पर्वतको सदरमुकाम कुस्माबजारबाट १५ किलोमिटरको दुरीमा पर्ने स्थानमा पाँच रोपनी क्षेत्रफलमा बनेको उक्त सिद्धेश्वरी पेट्रोल पम्पले बिहीवारदेखि कारोबार शुरु गरेको छ ।
धौलागिरि अञ्चलमा निर्माणाधिन विभिन्न आयोजना, मुस्ताङ, मुक्तिनाथ तथा मानसरोबर पुग्ने आन्तरिब तथा भारतीय पर्यटक संख्यामा क्रमश बृद्धि हुँदै जानु र ठुलो क्षमताका पम्पहरु नहूँदा समय समय मयमा पेट्रोलयम पदार्थको अभाव सिर्जना हुने गरेको अवस्थालाई मध्यनजर गर्दै आफुले पम्प संचालनमा ल्याएको हमालले जानकारी दिए । यस अघि उक्त सडकमा एउटापनि पम्प संचालनमा आएको थिएन ।
अहिले मालढुंगा–बेनी सडक हुँदै हिमालपारीको जिल्ला मुस्ताङ्गमा दैनिक हजारौको संख्यामा आन्तरिक पर्यटक जाने गरेका छन् । पछिल्लो समय बेनीदेखि जोमसोम जोमसोम जोड्ने सडकको गुणस्तर सुधार हुँदै गएपछि उक्त क्षेत्रमा सडक मार्ग हुँदै जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य मात्रामा बृद्धि हुँदै गएको छ ।

14881261_924351387698095_224816916_o

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना