मुक्तिनाथ जाने तीर्थालुले पहिले स्नान गर्नुपर्ने सहस्रधाराधाम , आन्तरिक पर्यटक र तीर्थालुले भरिन थाल्यो

14875146_924348404365060_1316633629_n
पर्वत /पर्वतको पाङ्गमा रहेको सहस्रधाराधाम पछिल्लो समय तीर्थयात्री र आन्तरिक पर्यटकले भरिन थालेको छ ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेश गर्दा सहस्रधारामा स्नान र दर्शन गरेर मात्र जानुपर्ने मान्यता रहेको सहस्रधारमा पछिल्लो समयमा आन्तरिक र बाह्य पर्यटक तथा तीर्थालुको भीड लाग्न थालेको हो ।
पैदलमार्गबाट आउने तीर्थालुले बास बस्ने र स्नान गरेर मात्र फर्कने यस स्थान पोखरा बागलुङ्ग सडक सडक निर्माणसँगै ओझेलमा परेको थियो । पछिल्लो समयमा यसलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्य सहित १ सय ८ धारा बनाउने उद्देश्य सहित १ सय ८ धारा निर्माण गरिएपछि मुस्ताङ्ग जाने आन्तरिक पर्यटक र तीर्थालुको भीड लाग्न थालेको छ । सहस्रधारामा हिन्दु धर्मशास्त्रमा माता पार्वतीले तपस्या गरेको भन्ने किम्बदन्तीका आधारमा यस स्थानलाई पवित्र स्थान मानिन्छ । कालञ्जार पर्वत अर्थात पर्वतको हम्पाल क्षेत्रबाट अलप भएको सहश्रधारा पाङमा आएर निस्किएको र त्यहाँ स्नान गर्नाले मनोकामना पुरा हुने तथा विभिन्न रोगहरु निको हुने जनविश्वास रहेको छ ।sahasra-dhara
तिर्थालुहरुको सहजाताका लागि हाल यहाँ १ सय ८ गौ धारा निर्माण गरिएको सहश्रधारा दिव्यधाम विकास समितिका सदस्य राजु प्रसाद पौडेलले बताए । पोखरा बाग्लुङ्ग राजमार्गमै पर्ने भएकाले पनि यस स्थानमा अहिले धार्मिक पर्यटकहरुको घुईँचो लाग्ने गरेको छ । सहश्रधारा दिव्य धाम र राष्ट्रिय परोपकार महासंघकले आयोजना गरेको महायज्ञबाट उठेको रकमले यहाँ बिभिन्न संरचनाहरु निर्माण भएका छन । 14877799_924348137698420_2029399326_n
हाल सहश्रधाराको वरिपरि विभिन्न पूर्वाधार बनिसकेका र अहिले बनेका पुर्बाधारका कारण तीर्थालुहरु बढ्ने बिश्वास स्थानियबासीको छ । सहस्रधारालाई धार्मिक र पर्यटकीय रुपमा पवित्र र प्रसिद्ध पनि भएका कारण यस क्षेत्रको विकासका लागि अझै धेरै गर्नुपर्ने आबश्यकता रहेको पौडेलले बताए । धेरै वर्ष पहिलादेखि नै सहश्रधारामा लक्ष्मी नारायणको मन्दिर निर्माण गरि मुक्तिनाथ जाने आउने तिर्थालुहरुका लागि निशुल्क बस्ने तथा खाने व्यवस्था गरिँदै आएको र आगामी दिनमा पनि सोही अनुसार नै अगाडी बढाईने स्थानीयहरु बताउँछन् । हिन्दुधर्माबलम्बीहरुको पबित्र तीर्थस्थल मुक्तिनाथ र दामोदर कुण्ड पुग्ने तीर्थालुहरुको प्रबेशद्वारको रुपमा रहेको सहस्रधारामा स्नान गर्न आउने तीर्थालुलाई खान र आवासका लागि धर्मशाला तथा मुक्तिनारायणको आकर्षक मन्दिर निर्माण भैरहेको छ।
पोखरा बागलुङ्ग राजमार्ग निर्माण पुर्ब पैदल यात्राबाट मुक्तिनाथ पुग्ने स्वदेशी र भारतीय समेत तीर्थालुहरुले एकरात सहस्रधारामा बिताउँदै आएका थिए । अहिले पनि यहाँ पुग्ने सबै तीर्थालुलाई खान र बस्न निशुल्क ब्यबस्था हुँदै आएको छ ।
थप तस्बीरहरु 

14875046_924348481031719_2085117644_n

14825796_924348357698398_438488311_n

14886196_924348421031725_758812116_n

14875091_924348141031753_1302792204_n

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’