एनसेलले ल्यायो ‘मोबाइल टिभी प्याक’, अब सुलभ शुल्कमा अनलाइन टिभी हेर्न सकिने

ncel
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘मोबाइल टिभी प्याक’ ल्याएको छ । चाडपर्वको अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाइलमा अनलाइन टिभी हेर्न सक्नेछन् ।
नेपाली दूरसञ्चार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक जस्तो नयाँ सेवा सुरु गर्दै एनसेलले एउटा कोसेढुंगा स्थापना गरेको छ । यो प्याक सुचारु गर्ने ग्राहकले नेट टिभी एपमार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाइल टिभी सेवाको लागि सहकार्य गरेको छ ।
यो मोबाईल टिभी प्याक बुधबारदेखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क रु ३५ तोकिएको छ । १ घण्टाको प्याकको रु ६० पर्दछ भने २ घण्टा र ३ घण्टा प्याकको मूल्य क्रमशः रु १०० रु १५० निर्धारण गरिएको छ । प्याकका शुल्कमा कर समाबेश गरिएको छ ।
यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि  स्वतः नवीकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने  प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वतः नवीकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नवीकरण हुनेछ ।
प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । उदाहरणका लागि प्रत्येक पटक लिन मिल्ने १ घण्टाको प्याक खरिद गर्नका लागि ग्राहकले अंग्रेजीमा १ स्पेस अंग्रजीको सानो अक्षरमा एचआर स्पेस अनि अंग्रजीमा ठूलो डी टाइप गरी १७१३३ मा एसएमएस पठाउन सक्छन् । त्यस्तै स्वतः नवीकरण हुने प्याक लिनका लागि अंग्रेजीमा १ अनि स्पेस नछोडी अंग्रजीको सानो अक्षरमा एचआर टाइप गरि १७१३३ मा पठाएर प्याक सुचारु गर्न सक्छन् ।
‘‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नयाँ सेवा ल्याउन पाएकोमा हामी निकै खुसी छौं,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाइल तथा टिभी दुवै सेवा एकीतृत  रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मूल्य प्रदान गर्नेछ ।”

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा