देउसीभैलो राती खेल्न नपाइने , २ सय ५१ मात्र दक्षिणा

deusi-bhailo
पर्वत/रातमा देउसी भैलो खेल्ने सोच बनाउँनुभएको छ भने तपाईलाई प्रशासनले काबार्ही गर्न सक्छ । जिल्ला प्रशासन कार्यालय पर्वतले ‘शान्ति सुरक्षा’मा असर पर्ने भन्दै राती १० बजे पछि देउसी खेलेमा काबार्ही गर्ने जानकारी दिएको हो ।
कार्यालयले बिहीबार एक बिज्ञप्ती प्रकाशित गर्दै रातको समयमा देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दा अबाञ्छित समुहले घुसपैठ गरि शान्ति सुरक्षमा असर पु¥याउने भन्दै १० बजे सम्म मात्रै खेल्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बिज्ञप्ती जारी गर्दै पटका, भुइचम्पा, आतिसबाजी नगर्न समेत आग्रह गरेका छन । यस्ता बिष्फोटक पर्दाथले सर्वसाधरणको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने र चोटपटक लागेर अंगभंग समेत हुन सक्ने भन्दै ओसारप्रसार, बिक्री बितरणमा समेत प्रतिबन्ध लगाइएको छ। यस्तो गरेको पाईएमा कानुन अनुसार काबार्ही हुने बिज्ञप्तीमा उल्लेख छ ।

press-bigapti1
देउसी भैलोलाई २ सय ५१
यसैगरी पर्वत उद्योग बाणिज्य संघले देउसी भैलोलाई २ सय ५१ भन्दा बढी दान नदिन आग्रह गरेको छ। संघले कुस्माबजारमा माइकिङ्ग गरी देउसीभैलो खेल्न आउनेलाई अधिकतम २ सय ५१ रुपैँया मात्र दिन अनुरोध गरेको हो । ब्यक्तिगत रुपमा भने बढी दिन चाहनेलाई भने छुट दिइएको छ। ‘ यो संस्थागत निर्णय हो, कसैले स्वच्छिक रुपमा बढी दिन रोक लगाइएको छैन’ पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष केदारनाथ शर्माले भने ।
समाप्त कार्तिक ११

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना