पोखरा बागलुङ्ग सडकको बैकल्पिक मार्ग घुम्ती–लाम्पाटा सडक कालोपत्र शुरु

dsc05138j
पर्वत, कार्तिक ११/पर्वतको खुर्कोटदेखि विभिन्न आधादर्जन गाविसलाई सडक पहुँच पु¥याउने गरी घुम्ती लाम्पाटा सडकको कालोपत्रे कार्य शुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले पोखरा बागलेङ राजमार्ग अन्तर्गतको घुम्ती देखि ४ किलोमिटर सडक कालोपत्र कार्य शुरु गरेको हो ।
उक्त सडकको बुधबार सांसद अर्जुनप्रसाद जोशीले शिलान्यास गरेका हुन् । शिलान्यासका क्रममा बोल्दै जोशीले सडक कालोपत्रे भएर मात्रै जिवनस्तर नउकासिने बताउँदै जिविकोपार्जनमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा जोशीले घुम्ती लाम्पाटा सडकले पर्वतका उत्तरी क्षेत्र सँग प्रत्यक्ष सम्बन्ध राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सडकको स्तरोन्नति कार्यमा कुनै बाधा व्यवधान उत्पन्न हुन नदिन उपभोक्ताहरुलाई सुझाव दिनुभएको थियो ।
सडक डिभिजन कार्यालय बागलुङ मार्फत घुम्ती–लाम्पाटा–हिमालय मावि– खुर्कोट–पाङ–नुवार सडक खण्डको चार किलोमिटर स्तरोन्नति कार्य हुने भएको छ । स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालय समक्ष जयबाबा गोरख ओखलढुंगा जेवि कन्ट्रक्सनले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।
असोज महिनामा सम्झौता गरेको कम्पनीले २०७४ चैत्र महिना सम्म स्तरोन्नति कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले जानकारी दिनुभयो । स्तरोन्नति कार्यका लागि १० करोड बराबरको टेण्टर आह्वान गरेपनि निर्माण कम्पनीले घटी घटाउमा ५ करोड ९९ लाखमा निर्माण कार्य थालनी गरेको हो । arjun-gosi
सडक शिलान्यासका क्रममा सांसद जोशीले डोजर चलाएर सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो । डिभिजन प्रमुख खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यालयका लेखा अधिकृत निर्मल पौडेलले सञ्चालन गर्नुभएको थियो भने इञ्जिनियर उज्वल शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तस्विर ः सांसद अर्जुन प्रसाद जोशी सडक कालोपत्रे कार्य डोजर चलाएर शिलान्यास गर्दै ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी