पतिको परस्त्री संगको सम्बन्ध सुगाले खोलिदिएपछि ……

a-hyacinth-macaw-parrot-is-seen-in-a-bird-cage-at-an-animal-park-in-belgium
कुवेत – कुवेतमा एक व्यक्तिलाई घरमा सुगा पाल्नु निकै महंगो परेको छ । घरमा पालेको सुगाले उनको अवैद्य सम्बन्धको पोल खोलेपछि ती व्यक्तिले कानुनी झमेला बेहोर्नु परेको छ ।

मिरर अनलाइनका अनुसार कुवेतमा भएको उक्त घटनामा सुगाले घर मालिक र काम गर्ने महिलाबीचको सम्बन्धको खुलासा गरेको हो । सुगाले ति व्यक्ति र काम गर्ने महिलाबीच भएको अन्तरंग कुराकानी पत्नीको अगाडी जस्ताको तस्तै बोल्न थालेपछि समस्या भएको थियो ।

सुगाको कुरा सुनेपछि पत्नीले सुगालाई प्रमाण स्वरुप प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् । कुवेतमा परस्त्रीगमनलाई अवैद्य मानिन्छ र त्यहाँ कडा सजाय पनि दिइन्छ ।
स्थानीय पत्रिकार अल सहेद दैनिकसँग कुरा गर्दै ती व्यक्तिकी पत्नीले पतिमाथि आफूलाई लामो समयदेखि शंका रहेको बताएकी थिइन् ।
तर, भाग्यमानी ति व्यक्तिले मुद्दा भने जिते । सुगाले टिभी वा रेडियोबाट त्यस्तो कुराकानी सुनेको हुनसक्ने भन्दै मुद्दालाई खारेज गरिएको बताइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो