जब प्रजापती र कृष्ण अखेलीले गीत गाउँन थाले त्यसपछि —

                20161026_150111

पर्वत । नेपाली लोक संगितको क्षेत्रमा निकै नै चर्चामा रहेको नाम हो प्रजापती पराजुली । मञ्चमा चढेपछि गित उनले गाउँछन् नै त्यसमाथी बिभिन्न खाले घटना सुनाएर दर्शकहरुलाई पेट मिची मिची हास्ने गराउँनु उनको अर्को कला पनि हो ।

कुनै समय प्रजापती आएका छन् रे भनेपछि मानिसहरु काम काज छोडेर उनलाई हेर्न र उनका गित संगित सुन्नको लागि कुरेर बस्थे । आज पनि उनलाई माया गर्ने र कुरेर बस्नेहरुको कमी छैन । उनै गायक पराजुली आज पर्वतको एक निजी बिद्यालय पर्वत गुरुकुल एकेडेमीको भवन उद्घाटन कार्यक्रममा गित गाउँन आएका थिए ।

गितमा आफ्नो फरक खालको शैली हालेर गाउन सिपालु गायक पराजुली जब मञ्चमा चढे त्यसपछि गजलबाट भिनाजुलाई साली र कलाकारलाई तालि भन्दै आफुलाई ताली मागे र गित गाउँन शुरु गरे । उनको गितमा कार्यक्रममा सहभागीहरुले । राम्रैसँग कम्मर मर्कायर नाचे ।20161026_151841

बिगतमा आफुले गरेका दुखहरु संझदै गायक पराजुलीले गित संगितमा आएको बिकृती देखेर निकै दुख लागेको बताए । साथै दर्शक श्रोतालाई जस्तो पायो त्यसतै गितमा नरमाउन पनि आग्रह गरे । गित संगित बिग्रनुमा दर्शक श्रोताको पनि हात रहेको भन्दै पराजुलीले थपे बिगतका गित सुन्दा कति आनन्द आउथ्यो आज भोली गित बच्दा लाज लाग्न भन्दै दर्शक श्रोता जागरुक हुन अपिल पनि गरे ।

त्यस्तै अर्का चर्चित गायक तथा संचारकर्मी कृष्ण अखेली पनि के कम जब अखेलीले आउनी जानी बसैको भाडा तिरौला भन्दै गित गाउन शुरु गरे कार्यक्रमका प्रमुख अतिथीले मन थाम्नै सकेनन् र जुरुक्क उट्दै कम्मर मर्काउन शुरु गरे । प्याप्सन नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका कार्याक्रमका प्रमुख अतिथी लक्ष्य बहादुर केसी गित संगितलाई मन पराउने भएको कारण पनि नाचेको बताए ।

अखेलीले गित गाउँदै गए प्रमुख अतिथी मसिना निक्लने गरी नाचीरहे । उनलाई साथ दिँदै अन्य बिशिष्ट अतिथीहरु पनि नाचे । अखेलीले गित गाउँदा नाचेका प्रमुख अतिथी केसी प्रजापतीको गितमा पनि कम्मर मर्काउँदै नाचेका थिए ।20161026_145728

पर्वत जिल्लामा पहिलो पटक आएको बताउँदै प्रमुख अतिथी केसीले आफुलाई पर्वत निकै मन परेको बताए । शिक्षामा ब्यावसायीकता र ब्यावाहारलाई जोड्नु पर्ने बताउँदै केसीले अभिभावकलाई प्रतिशत प्रमाण पत्रमा होईन जीवन ब्याबहारमा खोज्न आग्रह गरेका थिए ।

लामो समय देखि भाडाको भवनमा बिद्यालय संचालन गरेको पर्वत गुरुकुल एकेडेमीले यसबर्षबाट आफ्नै भवनमा पठन पाठन शुरु गरेको बिद्यालयका प्रिन्सिपल केशव पुरीले जानकारी गराए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना