‘निजी बिद्यालयलाई हातखुट्टा बाँधेर हिडाउन खोजियो’

gurukul-school-1
पर्वत, कार्तिक १० /निजी तथा आवासिय बिद्यालय अर्गनाईजेसन(प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले निजी बिद्यालयलाई हात खुट्टा बाँधेर हिडाउन खोजिएको आरोप लगाएका छन ।
पर्वतको कुस्मामा सञ्चालित पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको उद्घाटन गर्दै नयाँ शिक्षा ऐनमा निजी बिद्यालयका चार हातखुट्टा बाँधेर हिडाउन खोजिएको आरोप लगाएका हुन ।
‘निजी बिद्यालयले गरेको लगानी र योगदानलाई अबमुल्यन गर्ने र बिभिन्न बाहनामा नियन्त्रणको प्रयास भएको छ’ उनले भने ‘ऐन नियम लगाएर चार हात खुट्टा बाँधेर हिडाउन खोजेर कसरी हिड्न सकिन्छ’ gurukul-school
उनले राजनैतिक दलको चाहना निजी बिद्यालय बन्द नै गराउने हो भने स्पष्ट भन्न आग्रह गरे । निजी बिद्यालयले आफ्नो हिसाबले शुल्क निर्धारण गराउन नपाउने र अन्य पक्षले शुल्क निर्धारण गर्ने कुरा कुनै पनि हालतमा स्विकार्य हुन नसक्ने बताउँदै त्यसलाई कार्यान्वयन गर्न आफुहरु बाध्य नहुने चेतावनी पनि दिए । ‘निजी बिद्यालय बन्द गराउने उद्देश्य राजनैतिक दलको हो भने स्पष्ट भन्न सक्नुपर्छ’ उनले भने ‘राज्यले लगानीको सुरक्षा गर्नुपर्छ’ उनले निजी बिद्यालयले अभिभावकको मन जितेको कारणले नै सफल बन्दै गएको पनि स्पष्ट पारे ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सल्लाहकार डोलराज पाण्डे, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर क्षेत्री, ब्रह्माकुमारी सुधा, अभिभावक तथा नागरिक समाजको सञ्जालका अध्यक्ष राजेन्द्र पहाडी, शिक्षक प्रेम पौडेल लगायतले निजी बिद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदान र अबको शिक्षा क्षेत्रको बारेमा आफ्ना धारणा राखेका थिए ।
बिद्यालय सञ्चालक समितिका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षता14877831_923757807757453_1328606907_nमा भएको कार्यक्रममा स्वागत प्रिन्सीपल केशबराज पुरी र सञ्चालन सञ्चालक समितिका सदस्य गणेश पौडेलले गरेका थिए ।
उक्त अवसरमा लोकगायक प्रजापति पराजुली र कृष्ण अखेलीले मनोरञ्जन दिलाएका थिए भने बिद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सफा कुस्माका लागि सामुहिक अभियानको फोहोर बोक्ने गाडीका चालक कुमार परियारलाई सम्मानित गरिएको थियो । उक्त भवन २ करो्ड ७५ लाखको लागतमा बनेको हो । भवनमा ३२ वटा कोठा रहेका छन ।
20161026_150111

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई