माओवादी केन्द्रीय सदस्य कोइराला एमालेमा प्रवेश

ram-koirala नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम कोइराला नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार एमाले मधेशा गाँउ कमिटीद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा विद्यार्थी नेता समेत रहेका कोइरालालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं सुनसरी इन्चार्ज धर्मराज निरौलाले स्वागत गरे ।

नेकपा एमाले निकट अनेरास्ववियुको सुनसरी जिल्ला अध्यक्ष, सुनसरी बहुमुखी क्याम्पसका प्रथम स्ववियु सभापति समेत रहिसकेका कोइराला २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि प्रचण्ड नेतृत्वको माओवादीमा प्रवेश गरेका थिए ।

एमाले प्रवेशपछि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले माओवादी वैचारिक रुपमा विचलित हुँदै गएको, पार्टीका नेता कार्यकर्ताहरुमा युद्धकालीन शैली–धङधङी बाँकी रहेको र पार्टीमा शुन्य विचार भएका मानिसहरु मात्र बाँकी रहेकाले सो पार्टी परित्याग गरेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज निरौलाले कोइरालालाई एकदुई दिनभित्रै पार्टीमा उचित जिम्मेवारी दिने तयारी भएको जानकारी दिए । उनले कोइरालासंगै माओवादी पार्टी परित्याग गरि सयौं केन्द्रीय नेता तथा जिल्लातहका कार्यकर्ताहरु एमाले आउन आतुर रहेको भन्दै छिट्टै औपचारिक कार्यक्रम गरी स्वागत गरिने बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा