स्टेजमा नाच्दा चाच्दै अभिनेत्रीको ढलेर निधन
स्टेजमा नाच्दा चाच्दै अभिनेत्रीको ढलेर निधन
मुम्बई । । भारतीय मराठी अभिनेत्री अश्विन एकबोतेको स्टेजमा प्रस्तुति दिने क्रममा निधन भएको छ ।
पुणेमा प्रस्तुति दिने क्रममा अश्विन एकबोते स्टेजमै ढलेकी थिइन् । ढलेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
खासगरी रंगमञ्चमा चर्चित अश्विनीले पुणेको प्रसिद्ध नाट्यशालामा आफ्नो प्रस्तुति दिइरहेकी थिइन् । कार्यक्रममा अचानक अभिनेत्री स्टेटमै ढलेपछि सबै जना आत्तिएका थिए ।
उनलाई अस्पताल पुगाउनुअघि नै मृत घोषणा गरिएको भारतीय प्रहरीले जनाएको छ । – एजेन्सी