दृष्टिबिहीन बिद्यार्थीलाई एकताको सहयोग

14717261_1153258444742101_868486893411932666_n

आन्तरिक पर्यटन तथा सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्लवले शिवालय उच्च माविमा अध्ययनरत फरक क्षमता भएका १३ जना दृष्टिविहिन विद्यार्थीलाई एक वर्षलाई पुग्ने आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सहयोग तथा जाडो समयका लागि न्यानो कपडा वितरण गरेको हो ।
अष्टे«लियन नागरिक डियना धुनमको सौजन्यमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक, सरसफाईका सामाग्री, तन्ना, मफलर लगायतका सामाग्री वितरण गरेको हो । क्लवले विद्यालय पोशाकको लागि प्रतिव्यक्ति पाँच सय नगद पनि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई कपडा हस्तान्तरण गर्दै प्रमुख अतिथी धुनमले सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताईन् । नेपाल र नेपालीको खुलेरै प्रशंसा गर्दै उनले दृष्टिविहिनलाई आफूले अष्टे«लियाबाटै ल्याएको मफलर समेत वितरण गरेकी थिईन् । 14600852_1152772348148669_8407122540913000113_n
सोही कार्यक्रममा बोल्दै क्लवका सल्लाहकार तथा शिक्षाप्रेमी वसन्त बहादुर सिकेले दृष्टिविहिन शिक्षालाई सबैले सहयोग गर्नुपर्ने बता एका थिए ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईंले सहयोगका लागि क्लव र अष्टे«लियन नागरिकलाई अभार प्रकट गरेका थिए ।
कार्यक्रममा ¥याण्डम रिडर्स सोसाईटी पर्वतका अध्यक्ष लेखनाथ पौडेलको शुभकामना तथा कार्यक्रम संयोजक रवि श्रेष्ठले कार्यक्रमको स्वागत गरेका थिए ।
क्लवको सहयोगबाट खुशी भएका विद्यार्थीले आफ्नो शैक्षिक गतिविधिलाई सहज बनाउन सहयोग लिएर आउने गरेका सहयोगदाताको सम्मानमा सांगीतिक प्रस्तुति गरेका थिए । अपाङ्ग भएकालाई राज्यले प्राथमिकता देखाएको जस्तो गरेपनि दोस्रो दर्जा सरह ब्यवहार गरेको भन्दै उनिहरुले आफ्नो प्रस्तुतीमा समस्या, गुनासोलाई समेत गीतको माध्यमबाट सुनाएका थिए ।14732228_1153258531408759_5843368750011588187_n
कार्यक्रमका लागि धुनमले १० हजार, लोकतान्त्रिक खेलकुदसंघका अध्यक्ष प्रेम गुरुङ्ग माईलाले १० हजार, क्लवका सदस्यले दशैँमा जम्मा गरेको दक्षिणाबाट ५ हजार, चन्द्र बहादुर क्षेत्रीले नौ सय, माधव पौडेलले सात सय सहयोग गरेका थिए ।
७७ वर्षीय अष्टे«लियन नागरिक डियना धुनम सामाजिक क्षेत्रमा अग्रणी रोटरी क्लवका उपाध्यक्ष रामकृष्ण रेग्मीको विशेष पहलमा नेपाल आएकी हुन् । रेग्मीकै पहलमा गत बिहिबार उनले जिल्लाको वारीबेनी स्थित बेनीबजार आधारभूत विद्यालयमा ५० जना विद्यार्थीलाई ६० हजार बराबरको शैक्षिक सहयोग समेत गरेकी थिइन् ।
कार्यक्रममा विद्यालयका चन्दादाता मानकुमारी गिरी, राष्ट्रिय बालशिक्षा सदन आमाविका प्रिन्सिपल रामकृष्ण रेग्मी, विद्यालयका शिक्षक, विद्यार्थी तथा क्लवका सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण क्लवका अध्यक्ष अच्युत तिवारीले गरेका थिए ।
उक्त विद्यालयमा चालु शैक्षिक सत्रदेखि दृष्टिविहिनलाई अध्यापन गराईंदै आएको विद्यालयका प्रधानाध्यापक चापागाईंले जानकारी दिए । विद्यालयमा हाल कक्षा चारदेखि कक्षा ११ सम्म १३ विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् ।14568011_1153258378075441_8025979188038056819_n

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो