सत्तरी काटेका बृद्धले सय दिन श्रमदान गरि घरघरमै धारा जोडे
दुर्गाप्रसाद शर्मा ,आर्थर, पर्वत
आर्थर डाडाँखर्क – ९ की पदमा सुनार उमेरले ७० काटिन । कुवाबाट घरमा पानी ल्याउनका लागि उनले धेरै हिउँद बर्षा कष्टपुर्ण रुपमा काटिन । त्यही सम्झेर घरमै धारा बनाउन सय दिन भन्दा बढी श्रमदान गर्न गइन । पानीका लागि कुलो खन्ने देखि गिट्टी कुट्न एक दिन नछाडी १ सय ५ दिन गएकी सुनारलाई खानेपानी समितिले सम्मान पनि ग¥यो । ‘कुवाँको पानी बोक्दा जीवन बित्यो’ सय दिन बढी दुःख गर्दा बुढेसकालमा भएपनि घरमै धारा आयो’
पद्मा मात्रै होइन गाउँका ७० बर्ष काटेका धेरै बृद्धहरुले पनि घरघरमा धारा बनाउन श्रमदान गरेका छन । खानेपानी ल्याउनका लागि सय दिन भन्दा बढी श्रमदान गरेका नरबहादुर क्षेत्री भन्छन‘धेरै दुःख गरियो, आँगनमा धारो खस्दा सबै दुःख भुलियो’ पर्यटकीय गाउँ आर्थरडाँडाखर्क गाविसको वडा नं. ९ काहुलेका का ७७ घरका आँगनमा धारा ठडिएका छन । ब्रिटिस गोर्खा वेलफेयर स्किम अन्र्तगत ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमको सहयोगमा उक्त धारा विस्तार गरिएको हो । खानेपानी योजनामा उपभोक्ताले ५० प्रतिशत देखि ३३ प्रतिशत सम्म श्रमदान गरेका छन । अहिले कुनै पनि योजनामा श्रमदान जुटाउन कठिन भएका बेला आर्थरका उपभोत्ताले गरेको श्रमदान अनुकरणीय भएको गाउँ पुगेका अतिथिहरुले बताएका थिए ।
करिब ७० लाख बढीको लागतमा काउले खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको हो । रुपैयाको लागतमा उक्त योजना सम्पन्न भएको हो । दुई वटा योजना मध्ये पहिलोमा १९ लाख ९७ हजार कार्यक्रमको सहयोग र उपभोक्ताको पनि १९ लाख ३७ हजार बराबरको श्रमदान गरी ३९ लाख ३४ हजारको लागतमा सम्पन्न भएको हो । जसबाट ४४ वटा धारा विस्तार भएका छन् भने दोस्रो योजनाबाट ब्रिटिस गोर्खा वेलफेरको १९ लाख ५७ हजार र उपभोक्ताको ११ लाख ३६ हजार बराबरको श्रमदान गरी ३१ लाख ४४ हजारको लागतमा सम्पन्न भएको छ । यसबाट ३३ धारा निर्माण भएको आयोजनाका कार्यक्रम निर्देशक क्याप्टेन हिक्मत गुरुङले जानकारी दिनुभयो ।
खानेपानीको जोहो गर्नका लागि निकै सास्ती खेप्नुपर्ने उक्त बस्तीमा घर घरमा धारा निर्माण भएपछि स्थानिय लाभान्वित बनेका छन् । पञ्चासे क्षेत्रको जंगलमा रहेका मुलहरुबाट पानी ल्याइएको छ । गाउँले एक बर्ष सम्म घरघरमा भाँडा सुकाउने चाङ्ग देखि फोहोर फाल्ने खाडल र भाँडा धुन पक्की जुठेल्लो समेत बनाएका छन । गाउँलेले ब्यक्तिगत र सामुदायिक सरसफाईको क्षेत्रमा नमुना काम गरेको आयोजनाका डिन्जीनियरिङ्ग डिभीजन प्रमुख दानबहादुर जिरेलले जानकारी दिनुभयो । ‘खानेपानी बनाउन गाउँले श्रमदानमा उत्कृष्ट काम मात्रै गरेका छैनन, सरसफाईमा पनि नमुना बनाएका छन’ उहाँले भन्नुभयो ।
लामो समयको प्रतिक्षा र गाउँलेको अथक मेहनतबाट आयोजना सम्मन्न भएको भन्दै कादुरीका प्राबिधीक निर्देशक नारायण गुरुङ्गले नमुना काम गरेकोमा गाउँलेलाई बधाई दिए । उनले त गाउँलेको मेहनतलाई गीतबाटै प्रशंसा गर्न थालेपछि सबै एकपटक नाचेरै खुसी बनाए ।
गाउँमा खानेपानी आयोजना सम्पन्न भएकोमा गाउँलेले बाजागाजा सहित खुसीयाली मात्रै मनाएनन , खसी काटेर भोज समेत खाए । ‘हाम्रो बर्षौ देखिको सपना साकार भएको छ’ योजनाका स्पोन्सर भीम गुरुङ्गले भने ‘दुई बर्षको निरन्तर खटाईपछि सपनाले साकार रुप लिएको छ’
उक्त आयोजनाको शनिवार सांसद कल्पना चापागाईले उद्घाटन गरिन । कार्यक्रममा बोल्दै सांसद चापागाईले महिलाहरुले श्रमदान गरेको र आयोजनाबाट महिला बढी लाभान्वित हुने बताइन । महिला शसक्तिकरण नभएसम्म परिवर्तन नहुने हँुदा सवै ठाउँमा नेतृत्व गर्न अग्रसर हुन उहाँले स्थानिय महिलाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन प्रमुख प्रेम डोटेलले जनसहभागितामा निर्माण हुने आयोजनाहरु नमुनाको रुपमा देखिने बताए । उनले जिल्लामा खानेपानी सरसफाईको क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गर्दै जाने आश्वासन पनि दिए ।
फोटो हरु खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमका ।