पर्वतका कृषकलाई धानबाली भित्र्याउने चटारो

p1240908

पर्वत/ पर्वतमा यतिबेला मुख्य बालीको रुपमा चिनिने धान बाली भित्र्याउने चटारो शुरु भएको छ । वर्षभरी खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भ्त्रियाउनका लागि पर्वतबासीलाई भ्याई नभ्याई भएको हो ।
जिल्लाको कुल ९ हजार २१ क्षेत्रफलमा लगाइएको धान बाली भित्र्याउन किसानहरु बिहानदेखि बेलुकासम्म खेतमा व्यस्त हुन थालेका छन् । जिल्लामा स्थानीय छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायतका धान खेती गर्दै आएका छन् । गत वर्ष ५ प्रतिशतले उत्पादन घटेको धान यस वर्ष अनुकुल मौसमका कारण १० प्रतिशतले बृद्धि हुने भएका छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष समयमै रोपाई गर्न पाएको र अनुकुल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्ने भएको हो । धान खेती राम्रो भएपछि कृषकहरु उत्साहित बनेका छन ।
धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाई र पछिल्लो समयसम्म निरन्तर परेको बर्षाका कारण उत्पादन बढ्ने देखिएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । थन्याउने बेला सम्म असिना पानीले असर गरेन भने यस वर्षको उत्पादन निकै राम्रो छ । उनले भने । यस वर्ष कृषकले साउनको पहिलो साताभित्रै रोपाई गरेर सकेका थिए । पर्वतका कटुवाचौपारी, पाङ, मुडिकुवा, फलेबास लगायत करिव ३० ओटा गाविसमा धानको प्रमुख खेती हुँदै आइरहेको छ ।
पर्वतका किसानहरुले धानलाई आफूहरुको प्रमुख बालीका रुपमा लिनेगरेका छन् । धान खेती गर्दै आइरहेका किसानहरुले धान बाहेक मकै, कोदो, गहुँ लगायतको खेती गर्दै आइरहेको भए पनि धानलाई नै प्रमुख बालीका रुपमा लिनेगरेका छन् ।
पर्वतमा रहेको करिव २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टरमा धान खेती गर्न सकिने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । पर्वतका अधिकांस क्षेत्रफलमा अहिले पनि आकासे पानीको भरमा धान खेती हुँदै आइरहेको छ ।
अहिले पनि अधिकांस किसानहरुले धान रोप्न छोडेर खेतबारी बाँझै राख्नेगरेका छन् । सबै क्षेत्रफलमा खेती गर्नका लागि किसानहरुलाई व्यवसायिक सिप र तालिमको खाँचो रहेको कृषि कार्यालयको भनाई रहेको छ ।
जिल्लाको कार्कीनेटा, ठुलीपोखरी, खौलालाकुरी, आर्थर, राम्जादेउराली, तिलाहार, थापाठाना, भँगरा, देउपुर, देउराली, बाजुङ, दुर्लुङ्ग, पाङराङ, बाच्छा, बर्राचौर लगायतका शुरुमै रोपाई भएका गाविसहरुमा कात्तिक पहिलोसाता देखिनै धान काट्न र थन्क्याउन शुरु भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
समाप्त कार्तिक ८ फोटो पनि छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो