मोटरसाइकल जुध्दा तीन घाइते
पर्वत, कार्तिक ५ , पोखरा बागलुङ्ग राजमार्गमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नम्वर १२ कोडारे नजिकै शुक्रबार दिउँसो दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन ।
कुश्मा वाट डिमुवा जाँदै गरेको ग ९ प ४३२४ नम्वरको मोटर साईकल र विपरित दिशावाट आउदै गरेको ग १० प नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक र सवार गरी ३ जना घाईते भएका हुन । घाईते हुनेहरुमा वाग्लुङ कुश्मिसेरा ७ वस्ने वर्ष ३५ का कमलप्रसाद पौडेल, काठमाडौ घर भई हाल जिल्ला म्याग्दी वेनी नगरपालिका – ४ वस्ने वर्ष ३४ को रामकुमार गौतम र भारत घर भई हाल जिल्ला कास्की पोखरा उप(महानगरपालिका १४ वस्ने वर्ष २२ को मुन्ना भाइ रहेका छन । घाइतेहरुको पर्वत जिल्ला अस्पताल पर्वतमा सामान्य उपचार पछि थप उपचारका लागि को मेट्रो सिटी तथा मणिपाल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।