सिण्डीकेड अन्त्य गर्न क्षेत्रिय प्रशासकको निर्देशन

khagaraj-baral
पर्वत, पश्चिमाञ्च क्षेत्रका क्षेत्रिय प्रशासक खगराज बरालले यातयात क्षेत्रमा रहेको सिण्डीकेड तत्काल अन्त्य गर्न निर्देशन दिएका छन ।
पर्वत जिल्लामा कार्यालय प्रमुखहरुको नियमित बैठकमा बोल्दै क्षेत्रिय प्रशासक बरालले धौलागिरी अञ्चलमा अझै पनि यातयातमा सिण्डीकेड रहेको भन्दै तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन ।
‘यातयात क्षेत्रमा ब्याप्त सिण्डीकेड प्रथा अझै कुनै न कुनै रुपमा रहेकोले यसको अन्त्य तत्काल गर्न आवश्यक छ’ उनले भने ‘यसलाई अन्त्य गरेर स्वतन्त्र प्रतिष्पर्धाको वातारबण बनाउनुस’ धौलागिरी अञ्चलमा पछिल्ला बर्षहरुमा यातयात क्षेत्रमा प्रतिष्पर्धा बढेपनि समिति र यातयात कम्पनीले मनोमानी रुपमा सेवा र सुबिधाका नाममा बढी भाडा असुल गर्ने र पालो प्रथामा नै सवारी चलाउँदै आएको गुनासो आएको प्रशासक बरालले बताएका थिए । उनले सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै लैजान सुझाब पनि दिए । उनले शुसाशन प्रर्बद्धनक कार्यक्रमहरु प्रभावकारी बनाउन तथा डिजीटल हाजिरी र डिजीटल नागरिक बडापत्र अनिवार्य रुपमा लागु गर्न पनि निर्देशन दिए । उनले सबै सुरक्षा निकायका बिचमा समन्वय गरेर शान्ति सुरक्षाको अवस्था प्रभावकारी बनाउँदै लैजान सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्लाको शान्ति सुरक्षा, कार्यप्रणालीका बारेमा जानकारी गराउँदै पर्वत जिल्लामा अहिले सम्म सुरक्षाका हिसाबले संबेदनशील अवस्था नरहेको जानकारी गराएका थिए । आगामी दिनमा हुन सक्ने सुरक्षा चुनौतीका बारेमा पनि पुर्ब तयारीमा रहेको र सबै सुरक्षा निकायका बिचमा समन्वय कायम रहेको जानकारी दिए ।
समाप्त कार्तिक ५

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ