बाच्छामा भएको स्वास्थ्य शिबीरमा सात सयको उपचार
पर्वत , पर्वतको सुदुर दक्षिणमा पर्ने बाच्छा गाउँ बिकास समितिमा आयोजना भएको एक दिने निशुल्क स्वास्थ्य शिबीरमा सात सय जनाको उपचार भएको छ ।
पर्वत सेवा समाज र रोटरी क्लब अफ पर्वतको आयोजनामा भएको एक दिने निशुल्क स्वास्थ्य शिबीरमा तीन जिल्लाका सात सय जनाले गाउँघरमै स्वास्थ्य उपचारको सेवा पाएका हुन ।
स्वास्थ्य शिबीरमा पर्वतका बाच्छा, पाङ्गराङ्ग, कुर्घा, भोक्सिङ्ग, बर्रार्चार, लिमीठाना र रानीपानी, बागलुङ्गका छिस्ती, जैदी, बिनामारे, गुल्मीका खड्गकोट लगायतका गाबिसका सर्वसाधरणहरु उपचारका लागि आएका थिए । शिबीरमा स्त्रीरोग, पेट,छाती, मुटु, हाडजोर्नी तथा नशा, मानसिक, लगायतका बिशेषज्ञहरुबाट स्वास्थ्य जाँच र निशुल्क औषधी बितरण गरिएको थियो । शिबीरमा गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालका बिशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए । शिबीरमा बिरामीको रोगको पहिचान गरी थप उपचारका लागि रिफर गरिएको आयोजकले जानकारी दिएको छ ।
बरिष्ठ मानसिक रोग बिशेषज्ञ प्रो. डा. जयबहादुर खत्री, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. राजेश अधिकारी, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. इश्वर शर्मा कँडेल, पर्वत जिल्ला अस्पतालका प्रमुख डा. फडिन्द्र बराल, र्सजन डा. राजनकुमार शर्मा, दन्तरोग बिशेषज्ञ डा. बिधाता शाक्य, भिडीयो एक्सरे बिशेषज्ञ डा. श्याम पराजुली लगायतले स्वास्थ्य परिक्षण गरेका थिए । शिबीरमा बागलुङ्ग मेडिकल कुस्माको संयोजनमा २ लाख ५० हजार भन्दा बढीको औषधी निशुल्क बितरण गरिएको राजेश पौडेलले जानकारी दिए ।
यस अघि शिबीरको उद्घाटनस्थानिय बिकास अधिकारी युबराज पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष बिश्वप्रकाश प्रसाई, पर्वत जिल्ला अस्पतालका प्रमुख डा. फडिन्द्र बराल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
रोटरी क्बल अफ पर्वतका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पर्वत सेवा समाजका अध्यक्ष गणेशबहादुर क्षेत्री र सञ्चालन समाजका सचिब शिबराज शर्माले गरेका थिए ।