ठेकेदार संग सम्झौता पछि ग्रामिण सडक मर्मतको काम शुरु

 

sadak-durdasha

फाइल तस्बीर

पर्वत,जिल्लाको सदरमुकाम कश्माबजारबाट सवै गाविसमा पुग्न सकिने गरि ग्रामिण सडकको मर्मत शुरु भएको छ ।
जिल्ला बिकास समितिले २४ वटा सडकलाई छनौट ठेकेदार संग मर्मतका लागि बुधबार ठेक्का सम्झौता गरेपछि मर्मतका काम शुरु भएको हो । दशै अगावै संचालन गर्ने तयारी भए पनि बर्षा नरोकिएको र ठेकेदारले कमिसन बाँडफाँडका लागि सम्झौतामा अवरोध गरेका कारण मर्मतको काम शुरु भएको थिएन ।
जिल्ला बिकास समिति पर्वतले ठेक्काका लागि २१ प्रतिशत कम मुल्य कबोल गर्ने अन्नपुर्ण निर्माण सेवा संग मर्मतको ठेक्का सम्झौता गरेको छ। ‘सम्झौता पछि अब ठेकेदारले मर्मतको काम शुरु गरेका छन’ जिल्ला प्राबिधीक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर महेन्द्र बानियाँले भने ‘अब तिहार सम्ममा सामान्य मर्मतको काम सक्ने लक्ष्य राखेका छौ’
जिल्ला बिकास समितिले सडकलाई आकस्मिक रुपमा मर्मतका लागि १५ लाख ६२ हजार रुपैया बिनीयोजन गरेको छ । चाडवाड मनाउनका लागि बाहिरबाट गाउँमा आउने सर्वसाधारणहरु सवारीसाधान मार्फत नै गन्तव्यमा पुग्न सकुन भनेर आकस्मिक रुपमा मर्मत गर्न गर्ने परम्परा चल्दै आएको छ । दशै अगावै वारीवेनी–माझँफाँट–लेखफाँट, मिलनचोक– रातामाटा– भोटेडाँडा, मिलनचोक –सल्यान –घाखेत, खनियाँघाट– नाङलीङ, अर्मादी–भाटेवारी–बनौ, कुश्मा–हलहले सडक मर्मत गर्ने तयारी थियो । त्यस्तै पातीचौर–बाजुङ–क्याङ, पातीचौर–मैदान–लप्सिबोट, मैदान–देउपुर–पुर्णगाउँ, डिमुवा–दराक–चित्रे सडक पनि मर्मत गर्ने सडकको सुचीमा थिए ।
त्यसैगरी हिलेखोला–कार्कीनेटा–लुंखु दोविल्ला– पकुवा– गंगटे– आर्थर, पकुवा–छाप–राम्जाठाँटी पनि मर्मत गरिदै छ । सिल्मी–ठुलीपोखरी–कार्कीनेटा, साईकलचोक–चुचुनदेउराली–थापाठाना–भँगरा, मुडिकुवा–झकलक–कुर्घा–लुंखु, पनि मर्मत गर्न ठेक्का आब्हान गरिएको थियो ।
उता दक्षिण क्षेत्रका लुंखु–ज्यामीरे–हुवास, लुंखु– पैंयुभन्ज्याङ–होश्राङ्दी, लुंखु–बालाकोट–दह, चिसापानी–हुवास–वहाकी–बर्राचौर र डुड–मैदान बेउलीवास, उरामपोखरा–वहाकीभन्ज्याङ, अर्नास–टकलाक सडक मर्मतका लागि टेण्डर आव्हान गरिएको जिल्ला बिकास समितिले जनाएको छ। चिसापानी –हुवास सडक र त्यस वरपरका केही सडकमा बाहेक दक्षिणमा राम्रो संग यात्रुले सवारी चढ्न पाएनन । मिलनचोक – देखि शालिजा सम्म, कुस्मा देखि दुर्लुङ्ग सम्म र डिमुवा देखि चित्रे सम्म केही मात्रामा सवारी चलेका थिए । कुस्मा देखि हुवास र रानीपानी सम्मको सडकमा सवारी नचल्दा सबैभन्दा बढी यात्रुले सास्ती खेपेका थिए ।
घटीघटाउमा ठेक्का दिदा सबैभन्दा कम अंक २१ पंं्रतिशत घटेको ठेकेदार संग र्नै सम्झौता गर्दा जिल्ला बिकास समिति पर्वतलाई ३ लाख ५० हजार रकम फाइदा भएको छ । उक्त रकमले थप दुई चार वटा सडक मर्मत गर्न स्रोत जुटेको छ। ठेकेदारहरुले २ प्रतिशत भन्दा कम अंक बोल्ने ठेकेदार संग सम्झौता गराई बचेको रकम बाँडफाँड गर्ने योजना अनुसार ठेक्का सम्झौता हुन दिएका थिएनन । मर्मत नहुँदा नेपालीहरुको महान पर्व बिजयादशमी र दिपावली आगाबै पर्वतका २४ वटा ग्रामीण सडक मर्मत हुँन नसक्दा दसैंमा घर पुग्ने र फर्कने यात्रुले ठुलो सास्ती खेपेका थिए ।
सडक मर्मत नहुँदा सबैभन्दा बढी यात्रु चल्ने दोबिल्ला –फलेबास सडकमा हिलोमा सवारी साधन रोकिदाँ पाँच घण्टा सम्म यात्रुले सडक पार गर्न समय लागेको दुःखेसो पोखेका छन । सडकको एकोहोरेपाखा जंगलमा हिलोमा चार पाँच घण्टा सम्म सवारीका साधन फस्ने र निकाल्नका लागि डोजर र ट्याक्टर प्रयोग गर्नुपर्ने अवस्था आएपछि सबैभन्दा बढी सास्ती खेप्नु परेको थियो । धेरै सवारी साधन बिग्रेका थिए भने ब्यबसायीले पनि धेरै घाटा बेहोरेका थिए ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’