भारतीय इशारामा लोकमानलाई जोगाउन कांग्रेसका नेताहरु सक्रिय

img-123

पर्वत , सर्वोच्च अदालतको म्याद तामेल गर्न नदिन हुलहुज्जत गरेर कानुनी शासनको खिल्ली उडाएपछि संसद्मा महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भविष्य के हुन्छ भन्ने कुरा नेपाली कांग्रेसमा निर्भर छ । एमाले र माओवादीको मतले मात्रै दुई तिहाई नपुग्ने भएका कारण कांग्रेसमाथि सबैको ध्यान केन्द्रित भइरहेको बेला त्यस पार्टीका केही हस्तीहरु कुनै हालतमा उनीमाथि कारवाही गर्न नहुने लबिङमा छन् ।

निलम्बित प्रमुख आयुक्त कार्कीका पक्षमा सबैभन्दा खुलेर गृहमन्त्री विमलेन्द्र निधी लागेका छन् । निधीले विषायान्तर गर्नका लागि एमालेले सरकार ढाल्ने अस्त्रका रुपमा प्रचण्डलाई फँसाएको हो, उनलाई थाहै थिएन भन्दै कांग्रेसका नेताहरुलाई सशंकित बनाइरहेका छन् ।

निधीलाई साथ दिन अग्रपंक्तिमा देखिएका अर्का नेता हुन् डा. रामशरण महत । कम्युनिस्टहरुले कांग्रेसलाई जालमा पारे भन्दै उत्तेजित बनाउने र कार्कीलाई जोगाउने अभियानमा उनी सक्रिय छन् । विहीबारको केन्द्रीय समितिको बैठकमा उनले त्यही आशयमा धारणा राखेका थिए ।

संविधानले सबै कुरा टुंगो लगाइसकेपछि हिन्दु धर्मको मुद्दा उचालेर अस्थिरता निम्त्याउन तल्लीन महामन्त्री डा. शशांक कोइराला पनि कार्कीका पक्षमा देखिएका छन् । उनीसहित कोइराला परिवारका सुजाता र शेखर समेत कार्कीका पक्षमा दृढ देखिएका छन् ।

कार्कीको पक्षमा दृढतापूर्वक लाग्ने अर्का नेता हुन् डा. नारायण खड्का । बहुचर्चित त्रिपाल काण्डमा कार्कीकै कारण छुट पाएका खड्काले त्यही गुन तिर्नका लागि उनलाई बचाउन लबिङ गरिरहेका छन् । भूकम्पका बेलाका त्रिपाल घोटालामा मन्त्री खड्का र सचिव अर्जुन कार्कीलाई सफाइ दिएर लोकमानले तल्लो तहका कर्मचारीमाथि मुद्दा चलाएका थिए ।

लोकमानका पक्षमा लबिङ गरिरहेका अर्का नेता डा. मीनेन्द्र रिजालको तर्क पनि निधीकै जस्तो छ– प्रस्ताव पारित भयो भने एमाले र माओवादी मिलेर सरकार बनाउँछन्, हामीलाई बाहिर फाल्छन् ।

तिनीहरुका साथै अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, एनपी साउँद, रमेश लेखकलगायतका नेताहरुले पनि लोकमानको बचाउ गरिरहेका छन् ।

तर सभापति शेरबहादुर देउवा भने आफैँले प्रस्ताव नल्याए पनि प्रस्ताव नै आइसकेपछि अब कार्कीलाई बचाउन नसकिने पक्षमा देखिएका छन् । चैतमा प्रधानमन्त्री हुने गरी माओवादीसँगको भएको सम्झौता बीचैमा तुहिन्छ कि भनेर सशंकित देखिएका देउवा त्यसमा आश्वस्त हुनासाथ कार्कीलाई हटाउन तयार हुने बुझाइ माओवादीवृत्तमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना