जीवनभर नेताको पक्षमा गाउँदै हिडे, बिरामी हुँदा वास्ता गर्ने कोई छैन
पर्वत , चुनाबका प्रचार सभा हुन वा पार्टीका राजनैतिक कार्यक्रम नै किन नहुन, रामभक्तले माइक समाएर गीत नगाई हुन्थेन । राजनैतिक सभा र चुनाबी सभामा गीत गाउँदै हिड्दा उनले डेढ दशक बिताए पनि ।
मिठो स्वरका धनी पर्वतको साबिक पिपलटारी गाबिस वडा नं ९ हालको कुस्मा नगरपालिका वडा नं १६ का ४० बर्षिय देबीबहादुर बिक(रामभक्त) का अहिले दुबै मृगौलाले काम नगर्ने अवस्थामा पुगेका छन । तर खर्च अभाबमा उपचार गर्न सकिरहेका छैनन ।
चुनाब र पार्टीका कार्यक्रममा सबैले खोज्ने रामभक्त बिक अहिले उपचारका लागि सहयोगको याचना गर्दैछन तर उनलाई नेताहरुले सहयोग गर्ने त परै जाओस वास्ता समेत गरेका छैनन । गाउँमा काठको काम गर्दै आएका रामभक्त बिक भन्छन ‘जीवनको ठुलो हिस्सा राजनैतिक कार्यक्रममा गीत गाएर हिड्दैमा , नेताको चुनाब प्रचारमा लाग्दैमा बित्यो, धन कमाइएन, अहिले उपचार गर्न खर्च छैन कसैले दिदैन’ उनको एउटा मृगौलाले काम गर्दैन भने एउटा मृगौलाले सामान्य काम गर्छ ।
त्रिबी शिक्षण अस्पतालमा उपचारका क्रममा उनलाई डाक्टरले मृगौला प्रत्यारोपण गर्न सुझाएका छन । एउटा मृगौला फेर्नका लागि ८ लाख रुपैया लाग्छ तर उनी संग अहिले ८ हजार पनि जुटाउन मुस्किल छ । आमा मनु बिकले एउटा मृगौला दिने भएकाले प्रत्यारोपणको खर्च जुटाउन उनी घर दैलो सहयोग माग्दैछन । ‘अहिले सम्म मैले अरुको जीतका लागि गाएर हिडे, अब मैले मृत्युलाई जित्नुछ, त्यसका लागि सबैले सहयोग गरिदिएहुन्थ्यो’
शुरुमा नेकपा(एमाले)को बिद्यार्थी संगठन अनेरास्वबियुमा सक्रिय रहेका रामभक्त बिक त्यस समयमा अखिलका सभासम्मेलन देखि नेकपा(एमाले)का चुनाबी कार्यक्रम र अधिबेशनहरुमा गीत गाउँन हिडे । पछिल्लो समयमा नेकपा(एमाले) छाडेर हिडेका रामभक्त नेकपा(माओबादी) केन्द्रमा छन । उनले एमालेका तर्फबाट तत्कालिन साँसद कृष्णप्रसाद भट्टराई देखि याम गुरुङ्ग, जुद्धबहादुर गुरुङ्ग सम्मका चुनाबी प्रचारसभामा गीत गाएर जनमत बटुल्ने काममा लागे । तत्कालीन नेकपा(माओबादी)मा हुँदा मनरुपा सुबेदीको चुनाबी प्रचारमा महिना दिन भन्दा बढी गाउँदै हिडेका थिए । अहिले ती नेताहरुले उनको उपचारमा सहयोग जुटाइदिउन भन्ने आग्रह छ । ‘मेरो जीवन रहे फेरी जनताको गीत गाउँने हो’ उनले भने‘उपचारका लागि सहयोग गरिदिए , मेरो नयाँ जीवन हुनेछ, अनि जनताका गीत गाउँदै हिड्नेछु’