कार्यालय प्रमुखको मासिक हाजिरी सार्वजनिक गरियो सबैभन्दा बढी बस्ने कृषि बिकास कार्यालयका प्रमुख, कम बस्नेमा एलडिओ र अस्पतालका प्रमुख

image-0-02-03-4f748b71ba4dfc59621aedafdb4bfeb38ff4a9323b8496272f6d31c7228805f9-v
जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी बिबरण सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरेको छ।
सरकारी कार्यालयका प्रमुखहरु कार्यालयमा भन्दा अन्यत्र बढी जाने गरेको र कार्यालयमा नबस्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले असोज महिनाको कार्यालय प्रमुखको मासिक रुपमा भएको हाजिरी बिबरण सार्वजनिक गरेको हो ।
कार्यालय प्रमुखलाई काम प्रति बढी जवाफदेही बनाउन मासिक रुपमा हाजिरी बिबरण सार्वजनिक गर्ने तयारी अनुसार असोजको बिबरण सार्वनिक गरिएको कार्यालयले जानकारी दिएको छ।
कार्यालयले दिएको जानकारी अनुसार दशैको बिदा भएपनि धेरै कार्यालय प्रमुखहरु कार्यालयमा भन्दा काज र घरबिदामा बढी बसेको पाइएको छ । कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी समय कार्यालयमा बस्ने प्रमुखमा जिल्ला कृषि बिकास कार्यालय पर्वतका प्रमुख बासुदेब रेग्मी रहेका छन । उनी असोज महिनामा १८ दिन कार्यालयमा बसेका छन भने उनले एक दिन मात्रै क्याबी बिदा लिएका छन । यसपछि सबैभन्दा बढी कार्यालय बस्नेमा जिल्ला मालपोत कार्यालय पर्वतका प्रमुख सुरणप्रसाद शर्मा पौडेल रहेका छन । उनले २ दिन क्याबि र १ दिन जिल्ला भित्र काज बिदा लिएका छन । असोजमा १६ दिन बस्नेमा जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकाल रहेका छन भने भने १४ दिन लिनेमा नापी कार्यालयका प्रमुख पुर्णहरी सुबेदी र घरेलु तथा साना उद्योग बिकास समितिका रमेश राज रेग्मी रहेका छन ।
असोज महिनामा सबैभन्दा कम समय कार्यालयमा बस्नेमा जिल्ला बिकास समितिका स्थानिय बिकास अधिकारी युबराज पौडेल र जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. फडिन्द्र बराल परेका छन । स्थानिय बिकास अधिकारी युबराज पौडेल र जिल्ला स्वास्थ्य प्रमुख डा. फडिन्दं बरालले कार्यालयमा ३ दिन मात्रै हाजिर भएका छन । स्थानिय बिकास अधिकारी पौडेलले ३ दिन जिल्ला भित्र र १३ दिन जिल्ला बाहिर काज बिदा लिएका छन भने २ दिन क्याबि बिदा लिएका छन । जिल्ला जनस्वास्थ्य प्रमुख डा. बराल भने ९ दिन जिल्ला भित्र र ७ दिन जिल्ला बाहिर काजमा बसेका छन । उनले क्याबि बिदा २ दिन लिएका छन । त्यसपछि सबैभन्दा कम कार्यालयमा उपस्थित हुनेमा ‘कार्यालयमा सिंचाई बिकास सब डिभीजन प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ परेका छन । उनी ४ दिन मात्रै कार्यालयमा बसेका छन । उनले १४ दिन जिल्ला बाहिर काज लिएका छन भने २ दिन जिल्ला भित्र काज लिएका छन । जिल्ला भूसंरक्षण कार्यालय पर्वतका प्रमुख अजय कार्की सेवाकालिन तालिममा रहेका कारण उनी कार्यालयमा हाजिर भएका छैना ।
कार्यालय प्रमुखहरु बिना काम जिल्ला छाड्ने र कार्यालयमा नबस्ने प्रबृत्ति बढ्न थालेपछि कार्यालयका प्रमुखहरुलाई जवाफदेही बन्न हाजिरी सार्वजनिक गर्ने ब्यबस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रबिण ढकालले जानकारी दिए ।
पर्वतमा कार्यालय प्रमुखहरु धेरै समय फिल्ड लेखेर निजी काममा जाने गरेको गुनासो आउने गरेको छ। बिना काम जिल्ला छाड्ने र परिवार भेटघाटका लागि समेत सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको गुनासो पनि गरिदै आएको छ।
निजामति कर्मचारीलाई काम र सेवा प्रति जवाफदेही बनाउन सबै कार्यालयमा अनिवार्य रुपमा बिद्युतीय हाजिरीको ब्यबस्था मिलाउन थालिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’