पर्वतको भूकताङ्गलेमा जेसिबी दुर्घटना
पर्वत, कार्तिक ४ , पर्वतको भूकदेउराली गाउँ बिकास समितिको वडा नं १ साउनेमा जेसिबी(डोजर) दुर्घटना भएको छ ।
वेतनीबाट विरेठाँटी जादै गरेको ना १ क १४२० का को जेसिबी दुर्घटना चालक घाइते भएका हुन ।
दुर्घटनामा परी घाइते हुनेमा सवारी चालक पाल्पा जिल्ला घर भई हाल भुकताङ्ले १ विरेठाँटी वस्ने वर्ष २५ को नविन अर्गाली रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। घाइतेकोमा टाउकोमा चोट लागेकाले थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरी निरीक्षक मधुकरजंग बिष्टले बताए ।
उकालो चड्ने क्रममा अचानक स्टार्ट वन्द हुन गई पछाडी सर्न जाँदा सडक देखी अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।