के गर्दैछिन् बलिउडका बादशाह शाहरुख खानकी पत्नी गौरी ?
गौरी खान सफल इन्टेरियर डिजाइनर, फिल्म निर्माता, उद्यमी, आमाका साथै बलिउडका बादशाह शाहरुख खानकी पत्नी हुन् ।
गौरीकाअनुसार उनी आफ्नो ब्यस्त कार्यक्रममा बावजुद पनि परिवारका लागि समय निकाल्छिन् । उनलाई काम र परिवारबीच सन्तुलन मिलाएर अगाडि बढ्न मन पर्छ ।
आइएएनएससँगको एक इमेल साक्षात्कारमा गौरीले भनेकी छिन्, ‘म आफ्नो ब्यस्त कार्यक्रमका बाबजुद आफ्नो परिवार साथ समय बिताउँछु । र, म आफ्नो काम र परिवाबीच सन्तुलन बनाएर राख्छु ।’
गौरी कयौं ब्राण्डसँग जोडिएकी छिन् । उनी अक्सर मर्सिडिज—वेन्ज लक्स ड्राएभको ग्राहक इन्गेजमेण्ट कार्यक्रमजस्ता गतिविधीलाई उपस्थित हुन्छन् ।
सन् १९९१ मा शाहरुखसँग विवाह गरेकी हुन् उनले । शाहरुख र गौरीका एक छोरा आर्यन र छोरी सुहाना छन् । त्यस्तै सरोगेस आमाबाट सन् २०१३ मा उनीहरुको तेस्रो बच्चा अबरामको जन्माइएका छन् ।
क्यामरा अगाडि विरलै देखिने गौरी इन्टेरियर डिजाइनलाई आफ्नो करिअर निर्माणमा ध्यान दिन चाहन्छिन् । उनलाई अभिनेत्रीका रुपमा करिअर बनाउने चाहना छैन् ।
उनी शाहरुख खानकी पत्नी त हुन् नै तर उनले प्रख्यातीका लागि कहिल्यै पनि आफूलाई सुपरस्टारका रुपमा प्रस्तुत गरिनन् । उनी स्वयंम आफूलाई एक इन्टेरियर र फेसन डिजाइनरका रुपमा स्थापित गरेकी छिन् ।
आफ्नो सम्पूर्ण जीवन यात्रामाथि पुस्तक लेख्ने विषयमा गरिएको प्रश्नमा उनले भनिन्, ‘मेरो यो जीवन यात्रामा त्यस्तो केही पनि छैन् । तर, म प्रसिद्ध विल्डरका साथ मिलेर एक किताब कफी टेबल ल्याउँदैंछु ।’