बुबाको निधन भएको पाँच दिनमै काममा फर्किइन शिल्पा
मुम्बई । बलिउड नायिका शिल्पा शेट्टीको पिता सुरेन्द्र सेट्टीको निधन भएको पाँच दिनमै शिल्पा काममा फर्किएकी छिन् । शिल्पाले बुबाको निधन भएको पाँचौ दिनको दिन टिभी शो ‘सुपर डान्सर्स’ को स्पेशल एपिसोडको सुटिङ गरिन् ।
जुन कार्यक्रममा बाब रामदेब अतिथी बनेर गएका छन् । बाबा रामदेवले स्टेजमै जज र सभागीलाई योगाका केहि आईटम देखाए ।