संविधान संशोधनको अन्तिम ड्राफ्ट तयार हुँदैछ, छठसम्म संशोधन हुन्छ स् प्रधानमन्त्री

www.gorkhalinews.com Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम ड्राफ्ट तयार भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले त्यसका लागि छठसम्म संविधान संशोधन गरिसक्ने बताए ।
व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै उनले सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेको बताउँदै संविधान संशोधनलाई उच्च प्राथमिकतामा राखेको बताए ।
“सबैको सहभागितामा निर्वाचन गराउने कुरा सरकारले उच्च प्राथमिकता दिएको छ,” दाहालले भने,“गठबन्धनसँग केही औपचारिक र अनौपचारिक छलफल भएको छ । संविधान संशोधनको अन्तिम ड्राफ्ट तयार हुँदैछ । तिहार या छठसम्ममा संविधान संशोधनमा सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षसँग सहमति गरेर संविधान संशोधन गरेर निर्वाचनतर्फ जाने तयारी छ । तिहार या छठसम्म संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्छ ।”

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी