सरकारले महिला क्रिकेटरलाई जनही २५ हजार दिने भयो

1027813109women-cricket-jpg
काठमाडौं । सरकारले महिला विश्वकपको एशियाली छनोटमा उपविजेता बनेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
हङकङमा भएको छनोट प्रतियोगितामा उपविजेता बन्दै एसिया कपका लागि छनोट भएको महिला क्रिकेट टोलीका सदस्यलाई युवा तथा खेलकुद मन्त्रालयले बुधबार मन्त्रालयमा स्वागत गर्दै प्रोत्साहन स्वरुप तत्काल जनही २५–२५ हजार रुपैया दिने घोषणा गरेको हो । खेलाडीहरूलाई बधाई तथा स्वागत गर्दै खेलकुद मन्त्री दलजित श्रीपालीले सरकारबाट थप पुरस्कार र सम्मान उपलब्ध गराउने बताए । यस्तै मन्त्री श्रीपालीले उचित पुरस्कार रकमको ब्यवस्था गर्न राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीलाई निर्देशन समेत दिएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेपालमा एकैसाथ तीन मौसमी प्रणालीको प्रभाव, कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज बालाचतुर्दशी अर्थात् पितृका नाममा शतबीज छर्ने दिन

गण्डकी काँग्रेस : सभापतिका उम्मेदवारले ९१ हजार शुल्क तिर्नुपर्ने

गण्डकी प्रदेश सभापतिमा पौडेल प्यानलबाट शर्मा

टिकटकमा यसरी फैलाइयो लकडाउन बारे भ्रामक भिडियो