हुलाक सेवालाईं आधुनिक बनाउन आवश्यक

14716266_1462022140479606_2860499346338880356_n

पर्वत , कार्तिक ३ , विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ तर सुचना र प्रबृधिको बिकास संगै पछिल्लो समयमा हुलाक सेवाको आकर्षण घटेकोले यसलाई समयानुकुल आधुनिक र प्रबृधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ।
बिश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्ने बत्ताहरुले हुलुक सेवालाई समयानुकुल आधुनिक बनाउँदै लैजानुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पहिले सुचना पु¥याउने प्रमुख माध्यम हुलाक भएपनि पछिल्लो समयमा प्रबृधिको बिकासका कारण यसको प्रयोगमा कमि आएकोले समयानुकुल सुधार गर्न आवश्यक भएकोमा जोड दिए । उनले यसलाई सञ्चार मन्त्रालय मातहतका काम दिने र द्रुत सेवालाई प्रभावकारी बनाएर जान सुझाब पनि दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले हुलाक सेवालाई पत्रपत्रिका बर्गिकरण, प्रेस पास दिने र नविकरण गर्दै सञ्चार मन्त्रालयको इकाईको रुपमा बिकास गर्न सुझाब दिए । उनले अब सञ्चार क्षेत्रको जिल्लाको प्रमुख सरकारी निकाय बनाउन सके हुलाक सेवाको खस्कदो साखलाई उठाउन सकिने बताए ।
जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख मिनप्रसाद श्रेष्ठले जिल्लामा हुलाक सेवाको अवस्थाका बारेमा जानकारी दिएका थिए । सोही अवसरमा हुलाक कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने खरिदारहरु लोकनाथ पौडेल र गोपाल शर्मा अधिकारीलाई सम्मान गरिएको थियो । hulak-diwas
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । तर यस बर्ष हुलाक दिवसमा दशैको अष्टमी परेका कारण हुलाक सेवा बिभागले बुधबार उक्त दिवस मनाउने निर्णय गरेको हो ।
समाप्त कार्तिक ३

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी