पर्वत ट्राफिक प्रहरीद्वारा तीन महिनामा बाह्र लाख राजश्व संकलन

img_2911

पर्वत . जिल्ला ट्राफिक कार्यालय पर्वतले तीन महिनाको अवधिमा १२ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । ट्राफिक नियमविपरीत सवारी सञ्चालन गर्ने २ हजार १ सय ३८ सवारीलाई कारबाही गर्दा तीन महिनामा १२ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख एवं प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटले जानकारी दिए ।img_2932
ट्राफिक कार्यालयले साउन महिनामा ६ सय ४९ ओटा सवारी साधनबाट ४ लाख ३ हजार रुपैयाँ, भाद्र महिनामा ६ सय ८७ ओटा सवारी साधनबाट ४ लाख ६ हजार रुपैयाँ र असोज महिनामा ८ सय २ सवारीबाट ४ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको रानाभाटले बताए ।
जिल्ला ट्राफिक कार्यालय पर्वतले तीन महिनाको अवधिमा २ सय ८३ ट्रक, ६ सय ९० जिप तथा भ्यान, ४ सय ९७ बस, २ सय ४४ ट्याक्टर र ४ सय २४ मोटरसाइकललाई कार्बाही गरेको छ ।
कार्बाहीका क्रममा विशेषतः इजाजत भन्दा बढी यात्रु बोक्ने जीपहरु बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै सवारी चलाउँदा लाइसेन्स नबोक्ने, ओभरलोड गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, गलत ठाउँमा सवारी रोक्ने, बिलबुक लाइसेन्स नलिने, मादकपदार्थ सेवा गरी सवारी चलाउने जस्ता सवारी नियमविपरीत काम गर्ने सवारी चालक कारबाहीमा परेको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले जेष्ठ महिनायता न्यूनतम ५ सयदेखि अधिकतम १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी