कुन नायिकाको उचाइँ कति ?

aishwaryaraimay20-650x433

मुम्बई । अग्लो नायक र होची नायिकाको जोडीलाई भारतीय दर्शकले वर्षौंदेखि मन पराउँदै आएका छन् । तर, अहिले समय पहिलाजस्तो छैन । अग्ली नायिका र होचा नायकको जोडीलाई पनि दर्शकले उत्तिकै मन पराउन थालेका छन् ।

बलिउड नायिका दीपिका पादुकोण तीन खान शाहरूख खान, आमिर खान र सलमान खानभन्दा अग्ली छन् । दीपिकाको उचाइ ५ दशमलव ९ फिट छ भने सलमानको उचाइ ५ दशमलव ६ फिट छ ।sonakshi-sinha-650x433

अर्का नायक आमिर खान सलमानभन्दा पनि होचा छन् । उनको उचाइ ५ दशमलव ५ फिट छ भने शाहरूख खानको ५ दशमलव ७ फिट छ । कट्रिना पनि तीन खानभन्दा अग्ली छन् । उनको उचाइ ५ दशमलव ८ फिट छ । कंगना रनावत पनि तीन खानभन्दा अग्ली छन् । उनको उचाइ ५ दशमलव ८ फिट छ ।

आलिया भट्ट भने तीन खानभन्दा होची छन् । उनको उचाइ ५ दशमलव ३ फिट छ भने सिद्धार्थ मल्होत्राको उचाइ ६ दशमलव १ फिट छ । प्रियंका चोपडाको उचाइ ५ दशमलव ६५ फिट छ । सोनम कपुर प्रियंकाभन्दा अग्ली छन् । उनको उचाइ ५ दशमलव ९ फिट छ ।

पुराना अभिनेता अमिताभ बच्चनको उचाइको विषयमा बढी नै चर्चा हुन्छ । उनको उचाइ ६ दशमलव १५ फिट छ । अमिताभका छोरा अभिषेकको उचाइ ६ दशमलव १ छ भने अभिषेककी श्रीमती ऐश्वर्याको उचाइ ५ दशमलव ६५ फिट रहेको छ । सोनाक्षी सिन्हा पनि ऐश्वर्या बराबर अग्ली छन् ।deepika-padukone-stylish-in-pink-dress-650x366

अर्जुन कपुरको उचाइ ६ दशमलव १ फिट छ भने श्रद्धा कपुरको उचाइ ५ दशमलव ६ रहेको छ । काजोलको उचाइ ५ दशमलव २ छ भने नातामा उनकी बहिनी पर्ने रानी मुखर्जीको उचाइ ५ फिट रहेको छ । ज्याकलिन फर्नाडिस ५ दशमलव ७ फिट अग्ली छन् । नरगिस फाखरीको उचाइ ५ दशमलव ९ फिट रहेको छ । – एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना