दुई देशका प्रमुख संग एकै ठाउँमा भेट हुँनु गौरबको बिषय हो –प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पमल दाहालले गोवा सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग मात्रै भेट हुनुलाई ढुङ्गा खोज्दा देउता मिलेको जस्तै संयोग भएको बताएका छन्।
गोवामा भएको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा भाग लिएर सोमबार स्वदेश फर्किएका क्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग क्ुरा गर्दै भने, ‘मलाई चीनका राष्ट्रपतिसँग वान टु वान कुरा गर्न मन थियो तर संयोगले उहासँग भेट हँुदा मलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो।’
चिनियाँ राष्ट्रपतिसँग झण्डै तीस मिनेट नेपालको हितको बारेमा सिधा कुरा भएको दाहालले बताए । उनले भने, ‘मेरो चिनियाँ राष्ट्रपतिसँग हर्ट टु हर्ट कुराकानी भयो।’
चिनियाँ राष्ट्रपतिसँग कुराकानी भइरहेको बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गरेपछि त्रिदेशीय छलफल गर्ने अवसर मिलेको भन्दै उनले भने, ‘दुई विशाल छिमेकीको बीचमा नेपाल छ अहिले म पनि बीचमा नै छु हामी तपाईँहरुको आर्थिक उन्नतिको फाइदा उठाउन चाहन्छौं भनेर मैले दुई देशका प्रमुखलाई भने।’
त्रिदेशीय साझेदारीको बिषयमा समेत कुराकानी भएको दाहालले दावी गरे । नेपाल अहिले संविधान कार्यान्वयनको चरणमा रहेको भनेर आफुले भन्दा दुबै देशका प्रमुखहरुले यसलाई समर्थन जनाएको समेत उनले बताए।
दुई देशका प्रमुखहरूसँग एकैसाथ भेट हुनु नेपाल र नेपालीका लागि गर्वको कुरा भएपनि यसलाई मिडियाले नकरात्मक रुपमा हल्ला चलाएको भन्दै उनले भने,‘अहिलेको भ्रमणले नेपाल र नेपालीको शिर ठाडो पारे भन्ने मलाई लाग्छ तर यसलाई पनि सकरात्मक भन्न नसक्नेले कसरी प्रगति गर्न सक्छौ भन्ने मलाई लागेको छ । सकरात्मकलाई सकरात्मक र नकरात्मकलाई नकरात्मक भनौं।’