सेञ्चुरी बैंकले अरनिको डेभलपमेन्ट बैंक लिने
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले क्षेत्रिय रुपमा धुलीखेलमा केन्द्रिय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । यसका लागि दुवै बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले प्राप्ती सम्बन्धी सबै काम माघ भित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ । सेञ्चुरी बैंककोे कुल पुँजी २ अर्ब ८४ करोड छ भने थप ८५ करोडको हकप्रद सेयर जारी गरिसकेको छ ।
त्यसैगरी, बैंकको असोजमसान्त सम्म कुल निक्षेप ३१ अर्ब ४२ करोड र कर्जा रकम २७ अर्ब ४१ करोड रहेको छ ।
सेञ्चुरी बैंकले २९ करोड ५ लाख चुक्तापूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।