काठमाडौं उपत्यकाभित्र ‘फ्री भाइबर जोन’

20161017114548_clipboard13

काठमाडौं (अस) । विश्वभर ८ करोडभन्दा बढी प्रयोगकर्ता भएको म्यासेजिङ एप भाइबरले काठमाडौं उपत्यकाभित्र ‘फ्री भाइबर जोन’ सेवा आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्तालाई दृष्टिगत गर्दै कम्पनीले थप उत्कृष्ट सेवा र सुविधा उपलब्ध गराउने  सोचका साथ फ्री भाइबर क्षेत्रको घोषणा गरेको हो । असोज २२ गतेदेखि आरम्भ हुने फ्री भाइबर क्षेत्रको नयाँ सेवा ललितपुर मल, सिटी सेण्टर, क्याफे दि क्राफ्ट (शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेण्ट (काठमाडौं मल) र डिजी टेक काठमाडौं (पाको न्यूरोड, ताम्राकार हाउसको अगाडि) गरी पाँच स्थानमा उपलब्ध हुने बताइएको छ । सुबिसु केबल नेट प्रालिद्वारा उपलब्ध यी फ्री भाइबर क्षेत्रमा प्रयोगकर्ताले असीमित निःशुल्क इण्टरनेट सर्भिस प्राप्त गर्नेछन् । भाइबरको  यो सेवाको माध्यमबाट उनीहरूले कल तथा भिडियो कल गर्न र सन्देश पठाउन सक्ने कम्पनीले जानकारी दिएको छ । यी स्थानमा प्रयोगकर्ताले फ्री भाइबर जोनमा लगअन गरेर चाहेजति इण्टरनेटको सुविधा उपभोग गर्न सक्ने बताइएको छ ।

नेपालमा भाइबरको बढ्दो बजारलाई दृष्टिगत गर्दै फ्री भाइबर क्षेत्र निर्धारण गरिएको भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले बताए । नेपाली प्रयोगकर्तालाई फ्री भाइबर क्षेत्रले उल्लेख्य सुविधा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । ‘प्रयोगकर्ताले फ्री भाइबर क्षेत्रको सेवा उपभोग गर्दै आफ्ना प्रियजनसँग सम्पर्क कायम गरेर चाडवाडको उमङ्ग आदानप्रदान गर्न सकनेछन्,’ उनले भने, ‘भाइबरले बडादशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैमा प्रस्तुत गरिसकेको छ ।’

भर्खरै मात्र भाइबरले सङ्घसंस्था, ब्राण्ड र चर्चित व्यक्तहरूलाई फ्यान तथा फलोअरसँग पब्लिक च्याटमार्फत सम्पर्क बनाइराख्ने सेवा उपलब्ध गराएको छ । साथै, भाइबरले नेपाली प्रयोगकर्तालाई नेपाली भाषामै आफ्नो मनोभाव साटासाट गर्न भाइबरको स्टिकरसमेत उपलब्ध गराएको छ । हालैमात्र भाइबरले नेपालका भाइबर प्रयोगकर्तामाझ विश्वका ५२ राष्ट्रमा भाइबर आउटमार्फत फ्री कल गर्ने सेवा पनि सञ्चालन गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ