श्रीमानको सम्झानामा अक्षयकोष स्थापना
साजन परियार, असोज ३०, पर्वत
पर्वतको नाग्लिवाङ–३ निवासी गुथी रोकाहाले आफ्नो स्वर्गिय श्रीमानको सम्झानामा एक लाख बरावरको अक्षकोष स्थापना गरेका छन् । स्वर्गिय श्रीमान हंक वहादु्र रोकाहाको पहिलो स्मृतिको अवसरमा पर्वतको नाग्लिवाङ गाविस स्थित जनकल्याण मा.विमा अक्षकोष स्थापना गरिएको हो । रोकाहा परिवारले स्वर्गिय श्रीमानको सम्झानामा १ लाख ६ हजार एक सय पाँच रुपैया राशिको कोष स्थापना गरेका छन् । आज एक विशेष कार्यक्रमको आयोजना गरि स्वर्गिाय हंकवहादुर रोकाहाकी पत्नी गुथी रोकाहाले जनकल्याण मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर जिसीलाई चेक हस्तान्तरण गर्नुभयो । अक्षकोषवाट प्राप्त हुने व्याजको रकमवाट विद्यलयमा अध्ययनरत गरिव तथा जेहेनदार विद्यार्थीहरुलाई वितरण गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य गगनवहादु् महत लगायत रोकाहा परिवार,स्वर्गिय हड्क वहादु्र रोकाहाका ज्वाईछोरी लगायत स्थानियवासीको उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कृष्ण रेग्मी र कार्यक्रमको सञ्चालन विद्यालयका प्राध्यानाध्यापक नारायणदत्त रेग्मीले गर्नुभएको थियो ।कग