मानव अधिकार तथा शान्ति समाज पर्वतको सभापतिमा ओमप्रसाद घायल निर्वाचित

14568241_1164126356985918_780013660999594002_n

पर्वत÷मानव अधिकार शान्ति समाज पर्वतको सभापतिमा ओमप्रसाद घायल निर्विरोध निर्वाचित हुनुभएको छ । आइतवार कुश्मामा सम्पन्न शान्ति समाजको १५ औं साधारण सभा तथा १० जिल्ला अधिबेशनबाट घायल सभापतिमा निर्वाचित हुनुभएको हो । उहा“ यसअघि शाखाको उपसभापति हुनुहुन्थ्यो । अधिबेशनबाट समाजको उपसभापतिमा मुक्तिराम पोख्रेल, सचिवमा शिवराज शर्मा, कोषाध्यक्षमा शान्ति आचार्य र सदस्यहरुमा क्रमश गणेशबहादुर क्षेत्री, कमलनाथ पोख्रेल, इन्द्रमान खत्री, कुलबहादुर पुन, कमलकान्त चापागाई, पवित्रा गिरी र तारा गिरी चयन हुनुभएको छ ।

अधिबेशनले आगामी मंसीरमा वुटबलमा हुने महाधिवेशनमा भाग लिन मानकुमारी गिरी र कुलबहादुर पुनलाई प्रतिनिधि छनोट गरेको छ भने पर्यवेक्षकमा शिवराज शर्मा, शान्ति आचार्य र सरस्वती शर्मा जिज्ञाशुलाई चयन गरेको छ । त्यसैगरि शाखाको सल्लाहकारहरुमा गोविन्दप्रसाद पोख्रेल, मानकुमारी गिरी र सरस्वती शर्मा जिज्ञाशुलाई चयन गरेको सचिव शिवराज शर्माले जानाकारी दिनुभयो ।

यसअघि भएको शाखाको उद्घाटन सत्रमा शाखाका पूर्व अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि गोविन्दप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सदस्य सरस्वती शर्मा जिज्ञाशु र नमूना आवासीय मावि कुश्माका प्रिन्सिपल इन्द्रमान खत्री लगायतले शसभकामना मन्तव्यसहित मानव अधिकारका विषयमा आ–आफ्ना धारणाहरु राख्नुभएको थियो ।

मानव अधिकार तथा शान्ति समाज पर्वतका सभापति मानकुमारी गिरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शाखाका उपसभापति ओमप्रसाद घायल र कार्यक्रमको संचालन सचिव शिवराज शर्माले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’